-
दमक । दमक नगरपालिका–२ पाथिभरा टोलमा वाल्मिकी मन्टेश्वरी विद्यालयको उद्घाटन गरिएको छ ।
वडा सदस्य ललित विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयकी सञ्चालिका वसन्ती भट्टराईको अध्यक्षता रहेको थियो । उद्घाटन कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि विकले बालबालिकाको प्रारम्भिक शिक्षामा गुणस्तर अभिवृद्धि गर्न मन्टेश्वरी शिक्षाको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले स्थानीय स्तरमै बालमैत्री, स्वच्छ र शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय स्थापना हुनु सकारात्मक कदम भएको उल्लेख गरे ।
विद्यालयकी सञ्चालिका भट्टराईले अनुभवी तथा तालिमप्राप्त शिक्षक–शिक्षिकाबाट बालबालिकालाई मनोवैज्ञानिक आधारमा शिक्षा प्रदान गरिने जानकारी दिइन ।
News Desk 0 response बिहिबार, बैशाख १०, २०८३
साथै विद्यालयमा बालमैत्री कक्षा कोठा, खेल मैदान, पुस्तकालय, स्वच्छ खानेपानी तथा अन्य आवश्यक पूर्वाधारको व्यवस्था गरिएको विध्यालयका प्रधानाध्यापक प्रकास बुडाथोकीले जानकारी दिए ।
उक्त विध्यालयले नयाँ शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला गरिएको विद्यालयले निःशुल्क बीमा सुविधा तथा पाठ्यपुस्तक समेत उपलब्ध गराउने जनाएको छ ।
गाउँघरमै सबै प्रकृया पुरा गरि सञ्चालन गर्न लागिएको वाल्मिकि मन्टेश्वरी विध्यालय वालवालिकाको पहिलो पाठशाला रहेको बताउदै वडाबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने वडा सदस्य ललित विकले विध्यालय उद्घाटनका क्रममा बताए ।
कार्यक्रममा अभिभावक, स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





