-
इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेजले कक्षा १२ उत्तीर्ण गर्न लागेका विद्यार्थीहरूलाई विदाई गरेको छ।
एक कार्यक्रमको आयोजना गर्दै कलेजले दीर्घ शैक्षिक यात्रापछि नयाँ जीवन यात्रामा अघि बढ्न लागेका विद्यार्थीहरूलाई उच्च शिक्षाको शुभकामना सहिथ विदाइ गरिएकोे हो ।
कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विशेषगरी साइन्स, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य, गीत तथा विभिन्न प्रस्तुति मार्फत कार्यक्रमलाई जीवन्त बनाएका थिए। कार्यक्रममा प्रस्तुत गरिएका सिर्जनात्मक गतिविधिले उपस्थित सबैलाई उत्साहित बनाएको थियो ।
कलेजका प्राचार्य खेमराज बास्तोलाले विदाई मन्तव्य राख्दै विद्यार्थीहरूलाई भविष्यप्रति आत्मविश्वासी र जिम्मेवार बन्न आग्रह गरे। उनले सीबी कलेजले विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराईले कलेजले उत्पादन गरेका जनशक्तिले समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले विद्यार्थीहरूलाई लक्ष्यप्रति स्पष्ट भई निरन्तर मेहनत गर्न सुझाव दिए।
त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष देशबन्धु कार्कीले कलेजले शैक्षिक मात्र नभई अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा योगदान पु¥याउँदै आएको बताए। उनले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रमको अवसरमा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। हाल सीबी कलेजमा होटल व्यवस्थापन, विज्ञान, व्यवस्थापन तथा कानुन विषय अध्यापन हुँदै आएको छ ।
News Desk 0 response बिहिबार, बैशाख १०, २०८३
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





