-
थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ ।नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरेका हुन् । गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।
राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, आशिष लामा, सन्तोष तामाङ टिमबाट बाहिरिएका छन् ।चोटमुक्त हुँदै अनन्त तामाङ टिममा फर्किएका छन् । खेल अघि नेपाली टिम बुधबार अभ्यासमा व्यस्त थियो । सो क्रममा टिमका मुख्य प्रशिक्षक महर्जन र कप्तान किरणले उच्च मनोवलका साथ मैदान उत्रने बताए ।
अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू(२३ टिमको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बिहीबार पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
News Desk 0 response बुधबार, चैत्र ११, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३