• इटहरी । श्रीकृष्ण मंगल मानव सेवा ट्रष्ट नेपाल अन्तर्गत श्रीकृष्ण महिला सेवा संघ, इटहरी शाखाले पवित्र अक्षय तृतीया को अवसर पारेर सातु तथा सर्वत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
    सुनसरीको इटहरीस्थित आपगाछी चोकमा आयोजित उक्त कार्यक्रममा संघका सदस्यहरूले सिटी सफारीमा यात्रा गरिरहेका यात्रु तथा पैदल यात्रुहरूलाई रोकेर सातु र सर्वत वितरण गरेका थिए ।
    अक्षय तृतीयाको दिन जौउको सातु र सर्वत खाने परम्परालाई निरन्तरता दिदै सर्वसाधारणलाई वितरण कार्यक्रम गरिएको संघले जनाएको छ ।
    संघकी अध्यक्ष राधा उपाध्ययले धार्मिक तथा सामाजिक भावनालाई आत्मसात गर्दै हरेक वर्ष यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताइन् ।
    उनले अक्षय तृतीयाको अवसरमा गरिएको सानो प्रयासले पनि समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास लिएको बताइन ।
    त्यस्तै संघकी सदस्य गीता आचार्यले सेवा नै धर्म भएको उल्लेख गर्दै यस्ता कार्यले मानवता र सहकार्यको भावना अभिवृद्धि गर्ने बताइन्। उनले आगामी दिनहरूमा अझ प्रभावकारी र विभिन्न कार्यक्रमहरु लाई निरन्तता दिदै जाने पनी बताइन ।
    कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो भने वितरण कार्यले यात्रुहरूमा खुसी र सन्तुष्टि देखिएको थियो। यस किसिमका गतिविधिले समाजमा सहकार्य, सहयोग र मानवताको भावना बलियो बनाउने अपेक्षा गरिएको छ ।

4565