-
इटहरी । किशान कल्याण बचत तथा ऋण सहकारी संस्थाले माता तीर्थ औँसीको अवसरमा जेष्ठ माता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारी मध्यकै नेपालमा उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत भइसकेको यस संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै सहकारीका सेयर सदस्यहरूका जेष्ठ माता ७० वर्षभन्दा माथिका आमाहरुलाई विशेष सम्मान गरिएको हो ।
कार्यक्रममा ९० वर्षिया चन्द्रवती तिम्सिना लगायत ३९ जना जेष्ठ माताहरुलाई फलफूल, नगद तथा बर्को ओढाई सम्मान–पत्र प्रदान गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष शालिकराम ढकालले सहकारी संस्था मानव जीवनको गर्भदेखि स्वर्गसम्मको सहयात्री भएको बताए ।
उनले वि.सं. २०५३ सालमा स्थापना भएको सहकारीले निरन्तर रूपमा सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नतिमा योगदान पु¥याउँदै आएको उल्लेख गरे।
“सहकारीले जन्मदेखि मृत्युसम्म मात्र होइन, मृत्युपछि पनि समाजमा सकारात्मक प्रभाव छोड्ने बताए ।

ढकालले सहकारीमार्फत मानिसहरूले आफ्नो व्यवसाय सञ्चालन, खेतीपाती तथा दैनिक आवश्यकताका लागि बचत गर्ने बानी विकास भएको बताए। यसले परिवारको आर्थिक अवस्था सुदृढ बनाउन र सामाजिक सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा सहभागीहरूले सहकारीले समय–समयमा गर्दै आएको सहयोग मूलक कार्यको प्रशंसा गरेका थिए ।
जेष्ठ नागरिकहरूको सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उनीहरूको भनाइ थियो ।
News Desk 0 response बिहिबार, बैशाख ३, २०८३
सहकारीका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा अनिता चापागाईंको संयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख सल्लाहकार कृष्ण विनोद लम्साल, सल्लाहकारहरू रेवती प्रसाद घिमिरे, दुर्गा प्रसाद पोख्रेल, लक्ष्मी नारायण डाँगी तथा उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





