-
मोरङ । मोरङको सुन्दरहरैचा–९ सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आफ्नो स्थापनाको ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा अन्तर्राष्ट्रिय स्वर्ण महोत्सव भव्य रूपमा सुरु गरेको छ ।
वैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सव श्रीकृष्ण प्रणामी मन्दिर सेवा आश्रमको आयोजनामा भइरहेको हो ।
महोत्सव अन्तर्गत १०८ श्रीमत्तारतम सागर पाठ पारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्ण कथा ज्ञान महायज्ञ, सन्त सम्मेलन, धार्मिक झाँकी, सांस्कृतिक प्रस्तुति तथा दाता सम्मान कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ ।
श्रीकृष्ण प्रणामी संरक्षण सेवा समिति तथा मूल समारोह समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा बास्तोलाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईंको प्रमुख आतिथ्यमा महोत्सव उद्घाटन गरिएको हो ।
महोत्सवमा श्री ५ पद्मावतीपुरी धाम मन्दिर ट्रस्टका परमहंस सदानन्दजी महाराज तथा संस्थाका संरक्षक गादीपति श्री १०८ मोहन प्रियाचार्य महाराजको विशेष उपस्थितिमा श्रीमत्तारतम सागर ब्रह्मवाणी चर्चा , नौतनपुर धामका विख्यात कथावाचक स्वामी १०८ लक्ष्मणदेवजी महाराजबाट भागवत कथा प्रवचन, यसैगरी श्रीकृष्ण प्रणमी धर्माचार्य अनन्त श्री विभूषित जगतगुरु कृष्णमनिजी महाराज, महामंगलापुरी धाम सुरतका गादीपति जगतगुरु आचार्य अनन्त श्री विभूषित सूर्यनारायण दासजी महाराजको अध्यत्मिक तथा बचान गर्ने आयोजकले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि मेयर गुरागाईंले धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षणमा यस्ता संस्थाहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै नगरवासीले अपनत्वका साथ सहयोग गर्नुपर्ने बताए। उनले नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
News Desk 0 response बुधबार, बैशाख २, २०८३
महोत्सवबाट संकलित रकम गुरुकुल निर्माणमा खर्च गरिने र सनातन संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याइने आयोजक समितिका अध्यक्ष बास्तोलाले जानकारी दिए ।
महोत्सवमा अन्तर्राष्ट्रिय स्तरका सन्त तथा धर्माचार्यहरूको उल्लेखनीय सहभागिता रहेको छ। हरेक दिन बिहान पूजापाठ, योग, ध्यान तथा चिन्तनका कार्यक्रम सञ्चालन गरिनेछ भने साँझ भजन–कीर्तनसहित विविध सांस्कृतिक प्रस्तुति रहनेछ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





