-
इटहरी । अहमदिया संघ नेपाल ले नयाँ वर्ष २०८३ तथा सिरुवा पर्वको अवसर पारेर सुनसरीको धरान–३ स्थित सरस्वती बाल आश्रम मा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
आश्रम व्यवस्थापन समितिका अध्यक्ष रूकमणी शाक्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका राष्ट्रिय उपाध्यक्ष महमद ईस्माईल मियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
सबैलाई माया गरौं, कसैलाई घृणा नगरौं भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा सामाजिक सद्भाव, सहिष्णुता र मानवीय एकताको सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा आश्रममा रहेका ३५ जना सहभागीलाई नयाँ वर्ष २०८३ को उपलक्ष्यमा मिठाई वितरण गरिएको थियो।
सोही अवसरमा सुनसरी–मोरङ क्षेत्रका सर्कल इन्चार्ज सेराज अहमदले पवित्र कुरान पाठ गरेर कार्यक्रममा धार्मिक तथा आध्यात्मिक वातावरण थप सुदृढ बनाएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि मियाँले नयाँ वर्षले समाजमा सकारात्मक सोच, सहकार्य र आपसी सद्भावना अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए । उनले मानवता नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै सबैलाई प्रेम र सम्मानका साथ अघि बढ्न आग्रह गरे ।

त्यस्तै, आश्रमकी अध्यक्ष शाक्यले आश्रमजस्ता संस्थामा विभिन्न संघ–संस्थाबाट हुने सहयोग र सद्भावनाले बालबालिकाको भविष्य उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन ।
News Desk 0 response बुधबार, बैशाख २, २०८३
कार्यक्रममा संघका केन्द्रीय सदस्य हैदर मियाँले समाजमा एकता, सेवा र सहिष्णुताको भावना अझ बलियो बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
समग्रमा, उक्त कार्यक्रमले नयाँ वर्षको सुरुवातसँगै समाजमा प्रेम, सहकार्य र सकारात्मक सोच फैलाउने उद्देश्यलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





