-
इटहरी । इन्टरनेट सेवा प्रदायकहरूलाई लक्षित गर्दै बाल यौन दुरुपयोग, अनलाइन सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।
भ्वाइस अफ चिल्डेनको आयोजनामा सम्पन्न कार्यक्रमले डिजिटल माध्यममा बालबालिकाको सुरक्षाबारे गम्भीर छलफल गरेको थियो ।
होटल इन्टुरिस्टमा आयोजित कार्यक्रममा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा अनलाइन माध्यमबाट हुने बाल यौन दुरुपयोगका चुनौती, यसको रोकथामका उपाय तथा सेवा प्रदायकहरूको भूमिका लगायतका विषयमा इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक दुर्गा खनालले जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरूले इन्टरनेट प्रयोगको बढ्दो पहुँचसँगै बालबालिकामा पर्ने जोखिमलाई न्यूनीकरण गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। विशेषगरी सेवा प्रदायकहरूले आफ्ना प्लेटफर्महरू सुरक्षित बनाउँदै सचेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखिएको थियो ।
कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेन वि.सं २०५७ सालमा स्थापित भएको गैरसरकारी संस्था हो । यसने सडक, यौन दुव्र्यवहार तथा जोखिममा परेका बालबालिकाको उद्दार र संरक्षण गर्नुका साथै परिवार तथा समुदायमा पुनर्मिलन गरी उनीहरुको जीवनस्तर सुधार गर्न सहयोग पुयाउँदै आाएको भ्वाईस अफ चिल्ड्रेनका कार्यक्रम साहयक प्रकास परिवारले बताए ।
News Desk 0 response आइतवार, चैत्र २९, २०८२
उनले सडक बालबालिकाको संरक्षण गरि जोखिम अवस्थामा रहेका परिवारहरुको क्षमता अभिवृद्धि गरी बात्मनिर्भर बनाउन सहयोग हुने क्रियाकलापहरु सन्चालन गर्दै आएको सभ्यदृश्य मार्फत जानकारी गराएका थिए ।
कार्यक्रममा बाल संरक्षणका विभिन्न पक्षबारे प्रस्तुति दिँदै सरोकारवालाहरूले कानुनी व्यवस्था, प्रविधिको प्रयोग तथा अभिभावक र विद्यालयको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिएका थिए ।
भ्वाइस अफ चिल्डेनकी कार्यक्रम अधिकृत पुजा भण्डारीले बालबालिकाको सुरक्षित डिजिटल भविष्य निर्माणका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुदै आएको बताइन ।
सम्बन्धित शीर्षकहरु
-
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२

हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३