-
इटहरी–१९ तरहरा बरमपुरस्थित हिल भ्यु एकेडेमीले आफ्नो १७ औँ अभिभावक दिवस, पुरस्कार वितरण तथा वार्षिक परीक्षा नतिजा प्रकाशन कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
एकेडेमीको परिसरमा आयोजित कार्यक्रम विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष लाखध्वोज तामाङको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीत कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा इसिडिका प्रशिक्षक हेमन्त भट्टराई, नर्थ पोइन्ट सेकेण्डरी स्कुलका प्रिन्सिपल तथा इटहरी प्याब्सनका सचिव राजन दाहाल, विनोद लामा, रामबहादुर बस्नेत, गायक लेखु विवस लगायतले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर चौधरीले विद्यालयमा शिक्षा संगै अतिरिक्त क्रियाकलाप गर्दै आएको हुदा यसले गर्दा विद्यार्थीहरुमा शैक्षिक,खेलकुद,प्रतिभा प्रस्तुतमा पनी दक्ष हुदै आएको पाएको बताउदै अभिभावकहरुले पनी विद्यालयसंग सहकार्य गर्दै जनुपर्नेमा जोड दिइन ।

एकेडेमीका प्रिन्सिपल सुभाष तामाङले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिदै विद्यार्थीहरूको क्षमता,विकास,, शैक्षिक सँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिइएको जानकारी दिए ।
हाल पीजीदेखि कक्षा ८ सम्म करिब २४० विद्यार्थी अध्ययनरत रहेको जानकारी पनि कार्यक्रममा दिइयो ।
कार्यक्रमलाई अझ आकर्षक बनाउन विद्यार्थीहरूले नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने अभिभावकहरूले पनी नृत्य प्रस्तुत गरेका थिए ।
बार्षिक परिक्षमा उत्कृष्ट नतिजा प्राएत गर्ने विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र प्रदान गरि मेडल लगाई आगामी शैक्षिक सत्रका लागी हौसाला बढाएको थियो ।

हिल भ्यु एकेडेमीको कार्यक्रमले शैक्षिक उपलब्धिको मूल्याङ्कनसँगै विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्ध अझ सुदृढ बनाउने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
News Desk 0 response आइतवार, चैत्र २९, २०८२
सम्बन्धित शीर्षकहरु
-
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२

हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३