-
इटहरी । छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको भरोसा एजुकेशन कन्सल्टेन्सीले भाषा अध्ययन पूरा गरी जापान जान लागेका ७ जना विद्यार्थीलाई सम्मानसहित बिदाइ गरेको छ।
कन्सल्टेन्सीमार्फत आवेदन दिएका सबै विद्यार्थीको १०० प्रतिशत भिसा स्वीकृत भएपछि उनीहरूको सफलताको कामना गर्दै आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरिएको हो। इटहरीस्थित होटेल मझेरीमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र लक्ष्यप्रतिको स्पष्ट दृष्टिकोणको उच्च प्रशंसा गरिएको थियो। सहभागी अतिथिहरूले उनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।
कन्सल्टेन्सीका डाइरेक्टर धनबहादुर पुरीले छोटो अवधिमै शतप्रतिशत भिसा सफलता हासिल गर्नु आफ्नो टोलीको प्रतिबद्धता, इमान्दार सेवा र विद्यार्थीप्रतिको उत्तरदायित्वको प्रतिफल भएको बताए। उनले कागजी प्रक्रिया मात्र नभई विद्यार्थीको भविष्य निर्माणलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजा दिन निरन्तर लागिरहने प्रतिबद्धता जनाए।

कार्यक्रममा विश्वआदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाल, प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापा, राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष कोबिदजंग कार्की, हिमशिखर स्कुलका शैलेश पुरी, ज्ञान दर्पण एकेडेमीका केपी कोइराला, जनसहयोग उच्च माविका जनक बस्नेत तथा सरस्वती माविका मेदन घिमिरेलगायतले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।
बिदाइ भएका विद्यार्थीहरूले कन्सल्टेन्सीको मार्गदर्शन, पारदर्शिता र सहकार्यले आफूहरूलाई लक्ष्यसम्म पुग्न ठूलो सहयोग पुगेको अनुभव सुनाउँदै जापानमा अध्ययनसँगै आफ्नो क्षमता विकास गरी देशको नाम उच्च राख्ने प्रतिबद्धता व्यक्त गरे।
सञ्चालक नुतन लुइटेल र मदन बनका अनुसार कन्सल्टेन्सीले छोटो समयमै विद्यार्थी र अभिभावकबीच विश्वास जित्दै भरपर्दो संस्था बन्न सफल भएको छ। आगामी दिनमा अझ गुणस्तरीय सेवा विस्तार गर्दै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा स्थापित हुने लक्ष्य राखिएको जनाइएको छ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०८२
सम्बन्धित शीर्षकहरु
-
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२

हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३