• सुनसरी । रामधुनी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत दुई दिने बालकथा लेखन कार्यशाला सम्पन्न भएको छ ।
    सेभ द अर्थको सभाहलमा भएको कार्यक्रम इटिसि नेपालको आर्थिक सहयोग तथा सेभ द अर्थको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रमले शिक्षकहरूको सिर्जनात्मक लेखन क्षमतामा उल्लेखनीय विकास ल्याउने विश्वास गरिएको छ ।
    रामधुनी नगरपालिका वडा नं. २, ४, ८ र ९ का १२ वटा सामुदायिक विद्यालयबाट १५ जना शिक्षक–शिक्षिकाको सक्रिय सहभागिता रहेको कार्यशालामा प्रशिक्षक रमेन्द्र कोइरालाले सहजीकरण गरेका थिए। उनले बालबालिकाको मनोविज्ञान अनुसार कथा लेखन, विषयवस्तु चयन, सन्देशमूलक प्रस्तुति तथा भाषा शैली सुधारका विविध पक्षमा प्रशिक्षण दिएका थिए ।

    कार्यक्रम संयोजक राधा चौधरीले शिक्षकहरूलाई दक्ष बनाउँदै विद्यार्थीहरूलाई लेखनमा प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उनले यस्ता तालिमले विद्यालय स्तरमै सिर्जनात्मक वातावरण निर्माण गर्न मद्दत पुग्ने बताइन् ।
    सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराइले बालबालिकाको प्रतिभा उजागर गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने भन्दै बताए ।

    उनले कार्यशालामा सहभागी शिक्षकहरूले सिकेका सीपलाई कक्षाकोठामा प्रयोग गरी विद्यार्थीहरूमा कथा लेखनप्रति रुचि बढाउन र शिक्षण विधिमा नवीनता ल्याउँदै बालबालिकाको सिर्जनशीलता विकासमा टेवा पुग्ने बताए ।
    कार्यक्रमको उद्घाटन तथा समापम कार्यक्रम सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेभ द अर्थका कार्यक्रम प्रमुख समिर कार्की लगायतको सहभागिता रहेको थियो ।

4565