-
इटहरी । नेवाः देय् दबु इटहरी उपमहानगर समितिको १२औँ वार्षिकोत्सव तथा ११औँ साधारणसभा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत आयोजना गरिएको नेवारी नृत्य, धिमे बाजा तथा जातीय लोक नृत्य प्रतियोगिताले इटहरीको सांस्कृतिक माहोललाई थप जीवन्त बनाएको थियो ।
नेवा पाटी प्यालेसमा सम्पन्न कार्यक्रममा नेवार, मगर, किरात, तामाङ लगायत विभिन्न समुदायका कलाकारहरूले आफ्नो मौलिक भेषभूषा र परम्परागत नृत्य मार्फत सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए । जातीय नृत्यहरूले समाजमा विविधता बीचको एकता, सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश प्रवाह गरेको छ ।
प्रतियोगितामा नेवारी नृत्य तर्फ नेवाः देय् दबु इटहरी–१६ को टिम प्रथम, नेवा ल्याम पुच दोस्रो र नेवा समाज पकली तेस्रो स्थान हासिल गर्न सफल भए ।
त्यसैगरी लोक नृत्य तर्फ नेपाल मगर संघ प्रथम, किरात याक्थुङ चुम्लुङ दोस्रो, नेपाल तामाङ घेदुङ तेस्रो र नेवाः देय् ल्याम पुच सान्त्वना स्थानमा रहे ।
News Desk 0 response बुधबार, चैत्र १८, २०८२
विजयी तथा सहभागी सबै टिमलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको नेवा मिसा पुचकी अध्यक्ष कौशल्या श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रमका निर्णायकहरूमा प्रविन भुजेल, लक्ष्मी समाल मगर र आयुष शाक्य रहेका थिए।
नेवाः देय् दबुका अध्यक्ष लक्ष्मी प्रकाश श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य सोम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य विमला प्रधानलगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीय स्तरमा सांस्कृतिक संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन्।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





