• इटहरी । सुनसरीको इटहरी ४ स्थित इटहरी मोडेल सेकेण्डरी स्कूलले अभिभावक अभिमुखिकरण कार्यक्रम–२०८२ सफलता पूर्वक सम्पन्न गरेको छ ।
    विद्यालय र अभिभावकबीच सुदृढ सहकार्य स्थापित गर्दै विद्यार्थीहरूको उज्वल भविष्य निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
    कार्यक्रममा एभरेष्ट इन्टरनेशनल कन्सल्टेन्सी ट्रेनिङ एजेन्सीका कार्यकारी निर्देशक शैलेन्द्र खरेलले सहजिकरण गर्दै बालबालिकाको समग्र विकासमा विद्यालयसँगै अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए ।
    उनले बालबालिकाको सिकाइ, व्यवहार तथा भावनात्मक विकासमा अभिभावकको सकारात्मक सहभागिताले दीर्घकालीन प्रभाव पार्ने उल्लेख गरे ।

    त्यस्तै, लेखक तथा प्रशिक्षक तुलसी निरौलाले आधुनिक शिक्षण पद्धति, अभिभावक–बालबालिका सम्बन्ध र अनुशासनबीचको सन्तुलनबारे प्रशिक्षण दिएका थिए ।
    उनले बालबालिकालाई दबाबभन्दा प्रेरणामूलक वातावरणमा हुर्काउनुपर्नेमा जोड दिँदै घरमै सिकाइमैत्री वातावरण सिर्जना गर्न अभिभावकलाई सुझाव दिए ।
    विद्यालयका प्रिन्सिपल ज्ञानेन्द्र दाहालले विद्यार्थीहरूको शैक्षिक, मानसिक तथा व्यवहारिक विकासमा अभिभावकहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।
    उनले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ पद्धतिमा रूपान्तरण गर्ने लक्ष्यसहित विभिन्न शैक्षिक सुधारका कार्यक्रम अघि बढाइएको जानकारी दिए ।
    कार्यक्रममा पीजीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी अभिभावकहरूले यस्ता कार्यक्रमले बालबालिकाको भविष्य निर्माणमा मार्गदर्शन मिल्ने विश्वास व्यक्त गरेका छन् ।
    विद्यालयले आगामी दिनमा पनि अभिभावकसँग सहकार्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

4565