-
इटहरी । सुनसरीको इटहरी–५ स्थित ममता किडरगार्टेन मन्टेस्वरीको १८औँ वार्षिक उत्सव, अभिभावक दिवस तथा दिक्षान्त समारोह विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।
स्कुलले विद्यार्थीहरूलाई संस्कार, अनुशासन र नैतिक मूल्यहरू सिकाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विविध प्रतिभा प्रस्तुतिहरू पनि समावेश गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा अन्य सिर्जनात्मक प्रस्तुति मार्फत आफ्ना क्षमता र प्रतिभा उजागर गरेका थिए ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिनिता ढकालको अध्यक्षतामा तथा इटहरी उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखा अधिकृत द्रोर्ण दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
समारोहमा विद्यार्थीहरुका ७० वर्षभन्दा माथिका ११ जना ज्येष्ठ अभिभावकलाई सम्मान गरिएको थियो। साथै कक्षा १ मा उत्तीर्ण भएका १५ जना विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको छ ।
कार्यक्रममा मन्टेश्वरी एसोसिएसन इटहरीका अध्यक्ष हरि आचार्यले बालबालिकाको समग्र विकासका लागि विद्यालयको भूमिका महत्वपूर्ण हुने बताए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि द्रोर्ण दाहालले विद्यार्थीहरूले सिकेका ज्ञान, सीप र प्रतिभा प्रस्तुति नै यस्ता कार्यक्रमको मुख्य उद्देश्य भएको उल्लेख गर्दै सही मार्ग निर्देशनले बालबालिकाको मनोवैज्ञानिक विकासमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थीहरूले फेसन सो, नाटक तथा नेपाली कला–संस्कृति झल्कने भेषभूषामा प्रस्तुतिहरू दिएका थिए । विभिन्न सांस्कृतिक कार्यक्रमले वातावरणलाई रमाइलो र आकर्षक बनाएको थियो । कार्यक्रममा नृत्य निर्देशन तुलसी घिमिरेले गरेका थिए ।
उक्त कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै बालबालिकाको प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसरहरु प्रदान गर्दे सशक्षा संगै ब्यवहारिक, सस्कार संगै अतिरिक्त क्रियाकलाप गराई विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको विद्यालयकी अध्यक्ष बिनिता ढकालले बताइन ।

यस्ता गतिविधिहरूले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै अनुशासनको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरुले बताएका थिए ।
News Desk 0 response बुधबार, चैत्र ४, २०८२
कार्यक्रमले शिक्षासँगै व्यवहारिक जीवनका लागि आवश्यक संस्कार सिकाउने सन्देश समेत दिएको थियो ।
कार्यक्रममा जनता बहुमुखि क्याम्पसकी प्रमुख प्रध्यपक डाक्टर गिता अधिकारी, विद्यालयकी प्रिन्सिपल सुनिता सुवेदी लगायत अभिभावकहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





