-
कोकिला भण्डारी
धनकुटा । जनकल्याण माध्यमिक विद्यालय धनकुटाको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । धनकुटा–१० मार्गास्थित विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थी सम्मान, छात्रवृत्ति वितरण, पूर्व शिक्षक तथा व्यक्तित्व सम्मान र सांस्कृतिक प्रस्तुतिहरूले विशेष रौनक थपेका थिए ।
समारोहमा २०५१ सालदेखि एसएलसी तथा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने २०६८ सालदेखि कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिइएको विद्यालयले जनाएको छ। कार्यक्रममा विभिन्न अक्षयकोषमार्फत छात्रवृत्ति वितरण समेत गरिएको थियो ।
तारा स्मृति छात्रवृत्ति अक्षयकोषबाट मुकुन्द पोख्रेललाई गरिएको सम्मान उनकी छोरी सीता पोख्रेलले ग्रहण गरेकी थिइन् भने दल बहादुर–तारा देवी स्मृति अक्षयकोषबाट टेकबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो। त्यस्तै मुक्तिनाथ–दिनानाथ स्मृति छात्रवृत्ति अक्षयकोषबाट चेतकुमारी सुवेदीलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी दाहालले जानकारी दिए ।
कार्यक्रममा विद्यालयको विकास र सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै धनकुटा नगरपालिका–९ निवासी तथा विद्यालयका पूर्वप्रधानाध्यापक भिमप्रसाद सुवेदीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै पूर्वप्रधानाध्यापक जीवन राई, तीर्थ राई र इन्द्रबहादुर रानालाई पनि सम्मान गरिएको थियो। विद्यालयका लागि जग्गा प्रदान गरेको योगदानका लागि रेग्मी परिवारका प्रतिनिधि भेषनारायण रेग्मीलाई ‘जग्गादाता सम्मान’ प्रदान गरिएको थियो ।
विद्यालयको शैक्षिक गतिविधिमा सहयोग गर्दै आएका फ्रान्सेली अतिथिहरूलाई पनि समारोहमा सम्मान गरिएको थियो ।
कार्यक्रमका विशेष अतिथि शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोख्रेलले अहिलेको शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नराखी सीप र रुचिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । उनले विद्यार्थीको रुचि, क्षमता र प्रतिभालाई पहिचान गरी सोहीअनुसार शिक्षण पद्धति विकास गर्नुपर्ने बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षता तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा प्रधानाध्यापक दाहालले विद्यालयको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए।
News Desk 0 response शुक्रबार, फाल्गुन २९, २०८२
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





