• मोरङ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन पछि मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालय परिसरमा श्रम संस्कृती पार्टीले सरसफाइ गरिएको छ ।
    विद्यालय क्षेत्र मतदान स्थल तथा मतगणना केन्द्रका रूपमा प्रयोग भएपछि त्यहाँ थुप्रिएको फोहोर व्यवस्थापन गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
    श्रम संस्कृती पार्टी बेलबारी नगर समितिको आयोजनामा गरिएको उक्त सरसफाइ कार्यक्रममा पार्टीका प्रतिनिधि तथा स्थानीय स्वयंसेवकहरूको सहभागिता रहेको थियो।
    मतदान र मतगणनाका क्रममा ठूलो संख्यामा मानिसको आवतजावत भएकाले विद्यालय परिसरमा कागज, प्लास्टिक तथा अन्य फोहोर जम्मा भएको थियो ।

    विद्यालय पुनः नियमित रूपमा सञ्चालन गर्न सहज बनाउने उद्देश्यले सरसफाइ अभियान गरिएको श्रम संस्कृती पार्टी बेलबारीका अध्यक्ष पर्वत राईले बताए ।
    उनले मतदान स्थल र मतगणना केन्द्रका रूपमा प्रयोग भएको स्थानमा अत्यधिक फोहोर जम्मा भएकाले विद्यालय सञ्चालनमा असर नपरोस् भन्ने उद्देश्यले सरसफाइ गरिएको बताए ।
    विद्यालय चाँडै सञ्चालन हुने भएकाले विद्यार्थी र शिक्षकलाई स्वच्छ वातावरण उपलब्ध गराउन यो अभियान चलाइएकासहभागिहरुले बताए ।

    कार्यक्रमका क्रममा विद्यालयको प्रांगण, कक्षाकोठा वरपरको नाला क्षेत्र, खेल मैदान तथा प्रवेशद्वार आसपासका स्थानहरू सफा गरिएको थियो । सरसफाइमा सहभागीहरूले फोहोर संकलन गरी उचित व्यवस्थापनका लागि छुट्टै स्थानमा राखेका थिए ।
    आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै समुदायमा श्रम संस्कृतिको प्रवद्र्धन गर्ने योजना रहेको जनाएको छ ।

4565