• काठमाडौं । ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी उदयशमशेर जबरालाई झन्डै १० हजार मतको फराकिलो अन्तरले पछि पार्दै जित हासिल गरेका हुन्।

    महर्जनले कुल २३,३७३ मत ल्याएका छन् भने कांग्रेसका सहमहामन्त्री जबराले १३,५२० मत मात्रै पाएका छन्। यसरी महर्जनको स्पष्ट बहुमतले ललितपुर–१ मा उनको विजय सुनिश्चित भएको छ।

    तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेल रहे, जसले ६,५४६ मत प्राप्त गरे। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले १,९६४ मत पाएका छन्।

    यस परिणामले ललितपुर–१ मा रास्वपाको जनआधार बलियो भएको संकेत दिएको छ।

4565