• विराटनगर । मोरङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की उम्मेदवार रुविना आचार्यले नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालालाई पराजित गर्दै संसदको यात्रा तय गरेकी छन्।

    २००७ सालयता नेपालका राजनीतिक आन्दोलनमा योगदान पुर्‍याउने कोइराला परिवारको राजनीतिक विरासत बोकेका डा। शेखरको पराजय यस निर्वाचनको मुख्य आश्चर्य बनेको छ। रुविनाले ५५,५१३ मतसहित विजयी हुँदै क्षेत्रीय राजनीतिमा आफ्नो दबदबा देखाएकी छन्।

    निकटतम प्रतिस्पर्धी डा। कोइरालाले १२,८५० मत प्राप्त गरे भने एमालेका नेता विनोद ढकालले ८,३१७ मत प्राप्त गरे। त्यस्तै, श्रम संस्कृति पार्टीकी मात्रिका पौडेलले ३,४०० मत पाइन।

    मोरङ–६ क्षेत्रमा स्थापित दलका हेभिवेट नेताहरुको बीचमा रुविनाको उदयले राजनीतिक परिदृश्य परिवर्तन गरेको छ। उनका विजयले डा। शेखर कोइरालाको भविष्यलाई चुनौतीपूर्ण बनाएको छ।

    विश्लेषकहरूका अनुसार, युवा नेतृत्व, जनसरोकारसँगको घनिष्ठ सम्बन्ध र सक्रिय चुनावी अभियानले रुविनाको विजयी यात्रा सुनिश्चित गराएको हो। मत परिणामले यस क्षेत्रको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको छ।

    यो निर्वाचन नतिजा नेपाली राजनीतिक परिदृश्यमा रास्वपा र युवा महिला नेतृको बढ्दो प्रभावको संकेत पनि हो।

4565