• इटहरी । सुनसरीको इटहरी मा पनि विभिन्न संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागितामा हर्षोल्लासपूर्वक होली मनाइएको छ ।
    यस वर्ष धेरैजसोले कार्यालय तथा आ–आफ्नै समूहमा सीमित रूपमा होली मनाए पनि इटहरीमा बसोबास गर्दै आएका नेवार समुदायले संयुक्त रूपमा विशेष कार्यक्रम आयोजना गरी पर्व मनाएका हुन ्।
    समुदायको संयुक्त आयोजनामा इटहरीस्थित नेपा पार्टी प्यालेसमा भेला भई सहभागीहरूले एक–आपसमा अबिर र रंग दलेर शुभकामना आदान–प्रदान गरेका थिए ।

    उपस्थित सबैले आत्मीय वातावरणमा शुभकामना साटासाट गर्दै होली पर्वको मनाएका थिए ।
    कार्यक्रम संयोजक तथा मिसा पुच इटहरीकी वरिष्ठ उपाध्यक्ष कौशल्या श्रेष्ठले समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचान जोगाइ राख्ने उद्देश्यले होली पर्व मनाइएको बताइन् ।
    उक्त कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, नेवा पुचका संस्थापक उपाध्यक्ष राजेश श्रेष्ठ, सल्लाहकार सोमबहादुर श्रेष्ठ, मिसा पुच इटहरीकी अध्यक्ष गंगा श्रेष्ठल गायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    सहभागीहरूले होली सामाजिक सद्भाव, आपसी भाइचारा र मेलमिलापको पर्व भएको उल्लेख गर्दै यस्ता संयुक्त कार्यक्रमले समुदायबीच आत्मीयता अझ बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।
    यस वर्ष इटहरीमा होली विगतको तुलनामा शान्त र व्यवस्थित रूपमा मनाइए पनि फागुन २१ ग्ते हुने प्रतिनिधिसभाको निर्वाचनका कारण उत्साहजनक नभएको पायएको छ ।

4565