-
इटहरी । सुनसरीको इटहरी–५ मा रहेको मकालु इङ्लिस बोर्डिङ स्कुलको पुरस्कार वितरण, वार्षिक समारोह तथा अभिभावक दिवस–२०८२ भव्य रूपमा सम्पन्न भएको छ ।
गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यको विकासलाई केन्द्रमा राख्दै विद्यालयले प्रत्येक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रम अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले संचालन गरिदै आएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रञ्जना शर्माले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक प्रगति, शिक्षकहरूको समर्पण र विद्यार्थीको सर्वाङ्गीण विकासप्रति विद्यालय प्रतिबद्ध रहेको बताइन्। सोही अवसरमा विद्यालयका पूर्व सञ्चालक तथा विद्यार्थीका ज्येष्ठ अभिभावकहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्ने अतिथिहरूले विद्यालयको शैक्षिक स्तर उच्च रहेको उल्लेख गर्दै प्रिन्सिपल ढकाल पीएचडी अध्ययनरत हुनु र सम्पूर्ण शिक्षकहरू दक्ष तथा अनुभवी भएकाले विद्यार्थीहरूको शैक्षिक नतिजा सन्तोषजनक रहेको बताएका थिए ।
विद्यालयले विशेषगरी एसईई परीक्षामा विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट अंक ल्याउन सफल भएको भन्दै विद्यालयको प्रसंशा गरेका थिए ।
समारोहका अवसरमा विज्ञान तथा शैक्षिक प्रदर्शनी आयोजना गरिएको थियो, जहाँ विद्यार्थीहरूले वर्षभरि सिकेका ज्ञान, सीप र सिर्जनात्मक परियोजनाहरू प्रस्तुत गरेका थिए।
News Desk 0 response आइतवार, फाल्गुन १७, २०८२
सोही अवसरमा शुक्रबार वर्षभरि शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण थप प्रेरणादायी बनाउँदै अभिभावक र विद्यालयबीचको सहकार्यलाई अझ मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल थानेश्वर ढकाल नेलशनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनसरी जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा डिभिएम ग्लोबल एकेडेमीका प्राचार्य डाक्टर बेनु प्रसाद सिटौला, सुुश्मा गोदावरी कलेजका प्राचार्य बोधराज नेपाल, नर्थ पोइन्ट बोर्डिङ स्कुलका प्रिन्सिपल राजन दाहाललगायत शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





