पुरस्कार, अभिभावक सम्मान र सांस्कृतिक प्रस्तुतिसहित महेन्द्र मेमोरियल एकेडेमीको अभिभावक दिवस सम्पन्न
-
दुहबी । महेन्द्र मेमोरियल एकेडेमी दुहबीले आफ्नो ४४औँ वार्षिक समारोह तथा अभिभावक दिवसमा पुरस्कार वितरण तथा अभिभावक सम्मान सहित कल्चरल सास्कृतिक कार्यक्रम गरि सम्पनन गरेको छ ।
४४ वर्षदेखि गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको एकेडेमीले नसरी देखि कक्षा १० सम्मका बिद्यार्थी,अभिभावकको सहभागितामा तिन दिने भव्य कार्यक्रम अन्तरगत आज सोमबार कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको विभिन्न प्रस्तुती सहित सम्पन्न गरेको हो ।
शैक्षिक उत्कृष्टताको ४४ वर्षे यात्रालाई स्मरण गर्दै भावनात्मक तथा प्रेरणादायी प्रस्तुतिहरू राखिएका थिए। सुनसरी जिल्लामै धेरै विद्यार्थीलाई अध्यापन गराउँदै आएको एकेडेमीले वार्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, कक्षा–स्तरगत सिर्जनात्मक नाटक, नृत्य, गायन तथा फेसन शो जस्ता आकर्षक प्रस्तुति देखाएको थियो ।
कार्यक्रममा शैक्षिक उपलब्धि, अनुशासन, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने नर्सरी देखी कक्षा १० सम्मका विद्यार्थी र अभिभावकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियोे भने २०८१ मा एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु सुबोध साउ ,अयुश अग्रहरी ,सुम्निमा चौधरीलाई मेडल,ट्फि र प्रमाण पत्रले सम्मान गरेको थियो ।
विद्यालयका प्रिन्सिपल निश्चलराज शाक्यले प्रविधिमा आधारित शिक्षण–सिकाइ, आधुनिक शैक्षिक उपकरण तथा सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने होइन, विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य विद्यालयले लिएको स्पष्ट पारे ।
फाल्गुण १० देखि सञ्चालन भएको उक्त कार्यक्रममा भाषा,कलाको जगर्णा गर्ने उदेश्यले विभिन्न जातजातीका भेष भुषामा विभिन्न कास्कृतिक प्रस्तुतिहरु,सन्देश मुलक नाटक तथा गायन प्रस्तुत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रिना शाक्यको अध्यक्षता तथा दुहरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मुस्ताकिम राइनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दुहवी ६ का पुर्वअध्यक्ष मुन्ना हलुवाइ,वडा नम्बर ६ का सदस्य शंकर बस्नेत लगायतको सहभागिता रहेको थियो ।
नर्सरीदेखि कक्षा १२ सम्म दुई हजार बढी विद्यार्थीहरु अध्यपन गराउदै आएको एकेडेमीले प्रविधिमैत्री शिक्षा, अतिरिक्त क्रियाकलाप तथा संगित शिक्षा समेत सञ्चालन गर्दै आएको यस एकेडेमीले आगामी दिनमा शैक्षिक क्षेत्रमा थप नवीनता ल्याउने विश्वास व्यक्त गरिएको छ।
News Desk 0 response बुधबार, फाल्गुन १३, २०८२
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





