• विश्व आदर्श एकेडेमीमा रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी । विश्व आदर्श एकेडेमीमा आयोजित स्वैच्छिक रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन ।
    कार्यक्रम विद्यार्थीमैत्री तथा समाजसेवामूलक उद्देश्यले आयोजना गरेको कार्यक्रम विश्व आदर्श एकेडेमी अन्तरगतको सोसियल क्लब अफ विश्व आदर्शको आयोजनामा सम्पन्न भएको हो ।
    कार्यक्रम सोसियल क्लबका अध्यक्ष जिवन निरौलाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो ।
    कार्यक्रममा बोल्दै कलेजका प्राचार्य गणेश प्रसाद दुलालले विद्यार्थीलेनैे कार्यक्रम गर्न पर्छ भनेर विद्यार्थीले कक्षाको पढाइसँगै समाजप्रतिको दायित्व, नेतृत्वको सिकाई हुने उदेश्यले विद्यार्थीहरुले भब्य कार्यक्रम सम्पन्न गरेको बताए ।
    आयोजक सोसियल क्लबका अध्यक्ष निरौलाले रगत अभाव हुने समस्या रहिआएको बताउदै यो कार्यक्रमले केही हदसम्म अभाव पुर्ति गर्न सकिन्छ भनेर क्लबले प्रत्येक वर्ष विभिन्न समयमा रक्तदान काकर्यक्रम गर्दै आएको बताए ।
    कार्यक्रममाका प्रमुख अतिथि दिनेश भट्टराईले रक्तदानको महत्वबारे प्रकाश पार्दै आपतकालीन अवस्था, शल्यक्रिया, क्यान्सर तथा दीर्घरोगीका लागि रगत जीवनदायी हुने बताउदै पुर्वका १४ वटै जिल्लाका विद्यार्थी यो कलेजमा पढ्ने भएको हुदा रगत अभाव भएको बेला विश्व आदर्शले बेला बेलामा आवश्यक रगतको उपलब्ध गराउदै आएको जानकारी गराए ।
    एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले युवाहरूलाई समाजसेवामा सक्रिय बनाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उनले एक थोपा रगतले कसैको जीवन बच्न सक्छ भन्ने सोचका साथ विद्यार्थीहरूलाई मानव सेवामा जोड्ने उदेश्यले विभिन्न वितिविधिमा विद्यार्थीहरुलाई कलेजले अगाडी बढाउदै आएको बताए ।
    नेपाल रेडक्रस सोसाइटी रक्तस.चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विश्व आदर्श एकेडेमीका भाइ प्रिन्सीपल मोहन प्रसाद निरौला, रितेश चौधरी, एकेडेमीका संचालक विमल पौडेल लगायतको विद्यार्थी, शिक्षक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

4565