• इटहरी । नृवंशशास्त्री, साहित्यकार तथा समाजसेवी स्व.धरणीधर दाहालको ९९औँ जन्मजयन्ती तथा स्मृति दिवसका अवसरमा फागुन ५ गते दुइजान स्रष्टालाइ  सम्मान गर्ने भएको छ । 

    इटहरीको चिया गल्लिमा  पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

    इटहरी साहित्यीक समूहको आयोजना तथा धरणीधर स्मृति प्रतिष्ठानको सह–आयोजनामा हुने उक्त सम्मान तथा विविध कार्यक्रम गरि मनाइने भएको छ ।

    वि.सं. १९८४ फाुगन ५ गते जन्मिएका धरणीधर दाहालले २०१६ सालदेखि इटहरीलाई कर्मथलो बनाएर नृवंशशास्त्र, साहित्य र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका थिए । उनी स्थानीय संस्कृतिको संरक्षण, पहिचान र साहित्यिक चेतनाको विकासमा सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा चिनिन्छन् ।
    २०६६ साउन १८ गते उनको देहावसान भएपछि उनको स्मृतिमा प्रतिष्ठान स्थापना गरी हरेक वर्ष जन्मजयन्ती तथा स्मृति दिवस निरन्तर मनाइँदै आएको छ ।

    यस वर्षको कार्यक्रममा संस्कृतिविद डा. भक्त राई र वरिष्ठ संगीतज्ञ प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीलाई नगद ५१–५१ हजार रुपैयाँसहित ताम्रपत्रद्वारा सम्मान गरिने इटहरी साहित्यीक समूहका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए । प्रतिष्ठानले २०७० सालदेखि नै स्रष्टा सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आएको प्रतिष्ठानका संयोजक ज्ञानेन्द्र दाहालले बताए ।

    कार्यक्रम त्रि.वि. क्षेत्रीय पूर्वाञ्चल परीक्षा नियन्त्रक कार्यालय, विराटनगरका सह–परीक्षा नियन्त्रक तथा प्रमुख प्रा.डा. गोविन्द गुरागाईंको  प्रमुख आतिथ्यमा हुन जनाएको छ ।

     कार्यक्रम इटहरी स्थित रेडक्रस चोक नजिकै रहेको धरणीधर सांस्कृतिक केन्द्र, इटहरी मेट्रिक्समा आयोजना गरिने इटहरी साहित्यीक समूहका सचिव जगदीश प्रसापकोटाले जानकारी गराए ।

    साहित्य, संस्कृति र समाजसेवामा धरणीधर दाहालले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आयोजना हुने यस कार्यक्रमले स्थानीय बौद्धिक तथा साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

4565