-
इटहरी । कस्तुरी कलेजको २७औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कस्तुरी कलेज अफ म्यानेजमेन्टले २७औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा कलेजको शैक्षिक यात्रा, उपलब्धि र भावी योजनामाथि प्रकाश पारिएको थियो ।
२६ वर्षअघि स्थापना भएको कलेजले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै नैतिकता, अनुशासन, नेतृत्व क्षमता र व्यवहारिक सीप विकासमा निरन्तर जोड दिँदै आएको उल्लेख गरिएको छ ।
कार्यक्रममा कलेजको शैक्षिक प्रगति विवरण प्रस्तुत गर्दै गुणस्तरीय, व्यवहारिक र रोजगारमुखी शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको जनाइएको थियो ।
समय सापेक्ष पाठ्यक्रम, अनुभवी शिक्षक र आधुनिक शिक्षण पद्धतिमार्फत विद्यार्थीलाई प्रतिस्पर्धी जनशक्ति बनाउने कलेजको लक्ष्य रहेको प्राचार्य कमलेश शर्मा पौडेलले बताए ।
कलेजको शैक्षिक यात्रामा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गर्दै आगामी पुस्तालाई प्रेरणा दिने उद्देश्य कार्यक्रमको मुख्य भाव रहेको उनको भनाइ थियो ।
वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नृत्य, गायन प्रतियोगिता, नाटक तथा विविध सिर्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
साथै विभिन्न चरणमा सञ्चालन गरिएका खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कलेज परिसरमा आयोजना गरिएको शैक्षिक प्रदर्शनीमा विभिन्न विषयगत स्टलहरू राखी विद्यार्थीहरूको सिर्जनशीलता र नवप्रवर्तन क्षमतालाई प्रस्तुत गरिएको थियो ।
कार्यक्रमकै अवसरमा कलेजबाट अध्ययन पूरा गरी बैंक, वित्तीय संस्था, शैक्षिक तथा सरकारी निकायमा कार्यरत पूर्वविद्यार्थीहरूलाई ‘पासआउट्स फेलिसिटेसन’ कार्यक्रममार्फत सम्मान गरिएको थियो । सम्मानित पूर्वविद्यार्थीहरूले कलेजमा प्राप्त ज्ञान र सीपले आफ्नो पेशागत यात्रामा महत्वपूर्ण भूमिका खेलेको अनुभव साझा गरेका थिए । अभिभावकहरूलाई समेत सम्मान गर्दै कलेज–समुदाय सम्बन्धलाई थप मजबुत बनाइएको थियो ।
News Desk 0 response आइतवार, फाल्गुन ३, २०८२
वार्षिकोत्सव समारोहमा विशेष सांगीतिक प्रस्तुति श्रीकृष्ण लुइटेलले प्रस्तुत गरेका थिए । गायन प्रतियोगिताको निर्णायकमा संगित साधना प्रतिष्ठानका महासचिव राजु केसी र नृत्यतर्फ भूपेन्द्र न्यौपाने रहेका थिए ।
कस्तुरी कलेज अफ म्यानेजमेन्टका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय सदस्य प्रा.डा. पवनकुमार झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हिशान सुनसरी अध्यक्ष सागर भट्टराई, हिशान इटहरी अध्यक्ष केसव भट्टराई, क्यामन सुनसरी उपाध्यक्ष संजिव ढुंगाना, राजा क्लब अध्यक्ष केसव कार्की, नागरिक समाजका पूर्व अध्यक्ष सन्तबहादुर डुम्जनलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





