-
इटहरी । सुनसरीको इटहरीमा अवस्थित विश्व आदर्श सेकेण्डरी स्कुलले दुई दिने आफ्नो ९औँ अभिभावक दिवस विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सहित भव्य रूपमा सम्पन्न गरेको छ ।
विद्यार्थी, अभिभावक र शिक्षकबीचको सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
अभिभावक दिवसका अवसरमा विद्यार्थीहरू विभिन्न जातजातिका मौलिक भेषभूषामा सजिएर सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए। नानीबाबुहरूले गायन, नृत्य, योग, नाटक, दोहोरी तथा मार्सल आर्टजस्ता आकर्षक प्रस्तुति दिँदा कार्यक्रम झनै रंगीन बनेको थियो ।
साथै गीत, वाद्यवादन र कलात्मक सिर्जनाले अभिभावकहरूको मन जित्न सफल भयो ।
कार्यक्रम विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता तथा हिसान केन्द्रीय अध्यक्ष युवराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा हिसान केन्द्रीय उपाध्यक्ष मुकुन्द दाहाल, केन्द्रीय सदस्य सागर भट्टराई, संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसी लगायत अभिभावक, शिक्षक तथा विद्यालय परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा चार सयभन्दा बढी अभिभावकहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

सोही अवसरमा यूएईको दुबईमा सम्पन्न एशियन युथ पारा गेम्स–२०२५ अन्तर्गत पारा टेबल टेनिस क्लास (६–७) तर्फ रजत पदक जित्न सफल प्रतिभाशाली खेलाडी स्वीकृत न्यौपानेलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश कुमार दुलालले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शिक्षकहरू निरन्तर क्रियाशील रहेको बताए। उनले विद्यालयले प्रयोगात्मक तथा प्रविधिमैत्री शिक्षामा विशेष जोड दिँदै आएको उल्लेख गर्दै हालै सम्पन्न अस्ट्रेलिया शैक्षिक भ्रमणबाट गुणस्तरीय शिक्षाका नयाँ अवधारणा आत्मसात गरिएको जानकारी पनि गराए ।
२०७४ सालमा स्थापना भएको विश्व आदर्श सेकेण्डरी स्कुलमा हाल पीजीदेखि कक्षा १० सम्म करिब १,२८० विद्यार्थी अध्ययनरत छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन १, २०८२
विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनशीलता विकासमा निरन्तर योगदान पु¥याउँदै आएको छ ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





