-
इटहरी । बालबालिकामा सिर्जनशीलता, कल्पनाशक्ति र पठन संस्कृतिको विकास गर्ने उद्देश्य सहित इटहरीमा दुईदिने इटहरी बालकला महोत्सव २०८२ आयोजना हुने भएको छ ।
पाथीभरा माध्यमिक विद्यालय, इटहरीको आयोजनामा आगामी फागुन १ र २ गते उक्त महोत्सव सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
बाल साहित्य, कला र संस्कृतिलाई एउटै थलोमा समेट्ने उद्देश्यसहित आयोजना गर्न लागिएको महोत्सवमा ३ वटा प्यानल डिस्कसन तथा २४ वटा विविध विषयका कार्यशाला सञ्चालन गरिनेछ । महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ मुख्य आकर्षक रहने छन भने स्थानिय साहित्यकार, कवि, कलाकार तथा सर्जकहरूसँगै लेखक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहने छ ।
पाथीभरा माध्यमिक विद्यालयका अध्यक्ष निर्मल कुमार रिजालले विद्यार्थीहरूलाई किताबसँग नजिक बनाउँदै पठन संस्कृतिको विकास गर्नु नै महोत्सवको मुख्य लक्ष्य रहेको बताए ।
उनले बालबालिकाको सोच्ने क्षमता, अभिव्यक्ति कला र आत्मविश्वास अभिवृद्धिका लागि यस्तो साहित्यिक र सिर्जनशील कार्यक्रम विद्यार्थीहरुका लागी आवश्यक रहेको जनाए ।
महोत्सवमा निजी तथा सामुदायिक विद्यालयका कक्षा एक देखि १० सम्मका ७ हजार भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहने विद्यालयका प्रधानाध्यापक डाक्टर गोपाल श्रेष्ठले जानकारी दिए । उनले शिक्षक, कलाकार तथा साहित्यकारहरूको सक्रिय सहभागितामा कला र साहित्यका विविध विधासम्बन्धी कार्यशालाहरू सञ्चालन गरिनेछ, जसले विद्यार्थीहरूलाई सिर्जनात्मक रूपमा सिक्ने अवसर प्रदान गर्ने बताए ।
News Desk 0 response मङ्लबार, माघ २७, २०८२
इटहरी उपमहानगरपालिकाको अभिभावकत्व, पाथीभरा माध्यमिक विद्यालयको आयोजना तथा बुकल्याण्ड काठमाडौँको सहआयोजनामा हुन लागेको यस महोत्सवमा काव्य डबली, प्याब्सन कोसी प्रदेश, प्याब्सन इटहरी, हिसान सुनसरी, सङ्गीत साधना प्रतिष्ठान इटहरी, कारखाना, वेदा, प्ले नेपालको साझेदारी तथा सहकार्य रहेको छ ।
बालबालिकालाई सिर्जनशील सोच र साहित्यिक यात्रातर्फ प्रेरित गर्ने अपेक्षासहित आयोजना हुन लागेको इटहरी बालकला महोत्सवले स्थानीय स्तरमै महत्वपूर्ण शैक्षिक तथा सांस्कृतिक प्रभाव पार्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





