• इटहरी । युटर्न इन्टरनेशनल प्रा.लि.मा आबद्ध सदस्यहरूलाई मौरीजन्य तथा हर्बल उत्पादनको बजारिकरण गर्दै स्वास्थ्य लाभसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले एकदिने बिजनेस सेमिनार सुनसरीको इटहरीमा सम्पन्न गरेको छ ।
    इटहरीको दुर्गा पाटी प्यालेसमा आयोजित सेमिनारमा धनकुटा, संखुवासभा, भोजपुर, उदयपुर, तेह्रथुम, झापा, मोरङ लगायत विभिन्न जिल्लाका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा मौरीजन्य तथा जडिबुटीजन्य उत्पादनहरूले मानव स्वास्थ्यमा कसरी सकारात्मक प्रभाव पार्छन् भन्ने विषयमा जानकारी दिने उदेश्यले सेमिनारको आयोजना गरेको आयोजकले जनाएको छ ।
    बिना ठूलो लगानी व्यवसाय कसरी सुरु गर्न सकिन्छ भन्ने पक्षमा पनि सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
    सेमिनारको सहजीकरण कम्पनीका प्रबन्ध निर्देशक तथा डाइरेक्ट सेलिङ एसोसिएसनका महासचिव सुवास के.सी. ले गरेका थिए ।
    उनले मौरीजन्य उत्पादन र हर्बल जन्य उत्पादनले स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

    सोही कार्यक्रममा सहभागी प्रयोगकर्ताहरूले सप्लिमेन्ट प्रयोग पश्चात सकारात्मक परिणाम पाएको सेमिनारमा बताएका थिए ।
    कम्पनीले हाल बजारमा मौरीजन्य उत्पादन, जडिबुटीजन्य उत्पादन, ब्युटी केयर तथा हाउसहोल्ड गरी ७१ प्रकारका विभिन्न उत्पादनहरू उपलब्ध गराउदै आएको छ ।

    ती उत्पादनहरूको बिक्री वितरण मार्फत देशमै स्वरोजगार र उद्यमशीलता विकास गर्दै वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या घटाउने लक्ष्य लिइएको कम्पनीका अध्यक्ष बलराम सुबेदीले जानकारी दिए ।
    उनले महिलाहरूलाई व्यवसाय, उद्यमशीलता र मार्केटिङमा दक्ष बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको पनि बताए ।
    नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अनुमति प्राप्त यस स्वदेशी कम्पनीका देशभर १५० भन्दा बढी शहरमा बिक्री केन्द्रहरू सञ्चालनमा रहेको

4565