• इटहरी । कस्तुरी एकेडेमीको १९औँ वार्षिक समारोह तथा दुइ दिने अभिभावक दिवस विविध शैक्षिक, सांस्कृतिक तथा सृजनात्मक कार्यक्रम सहित सम्पन्न गरेको छ ।
    समारोहमा एकेडेमीमा अध्ययनरत कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्दै अभिभावक तथा अतिथिहरू लाइ मनोरञ्जन गरिएका तिए ।
    कार्यक्रममा प्रस्तुत सांस्कृतिक नृत्य, नाटक, गायन, योग तथा तेक्वान्दो प्रदर्शन गायतका आकर्षक प्रस्तुतिले कार्यक्रमलाई अझ रमाइलो बनाएको थियो ।
    विद्यालयले शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलाप अन्तरगत सिकाएका विविध गतिविधीहरुलाई कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

    सोही अवसरमा रंगकर्मी,साहित्यकार र पत्रकार लगायतलाई सम्मान गरिएको छ ।
    सम्मानितहुनेहरुमा रंगकर्मी सुन्दर बस्नेत, साहित्यकार रिता ताम्राकार र कान्तिपुर टेभिभिजनका पत्रकार अर्जुन सुवेदीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो भने पहिलो दिन महिलाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उर्मिला देवी चौधरी र पत्रकारिताको क्षेत्रमा सक्रिय योगदान पु¥याएको भन्दै नेपाल टेलिभिजन इटहरीकी समाचार प्रस्तोता प्रमिला राईलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

    कार्यक्रम कस्तुरी एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद न्यौपानेको अध्यक्षता तथा शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख देबेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नागरिक समाजका अध्यक्ष आर के राई,पुर्व अध्यक्ष सन्तबहादुर डुम्जन,कस्तुरी एकेडेमीका सन्चालक राम चन्द्र अधिकरी, कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेल, नेपाल रेड्क्रस सोसाइटीका सचीव सन्जिव ढुंगाना,सुनसरी क्रिकेट संघका अध्यक्ष सिपि पौडेल,इटहरी जेसिजका अध्यक्ष मिसन पराजुली, पिसजोन आवसिय माबिका प्रन्सिपल केसब भट्टराई लगायतको सहभागिता रहेको थियो ।

    समारोहमा कस्तुरी एकेडेमीका प्रिन्सिपल भुपेन्द्र न्यौपानेले विद्यालयको शैक्षिक प्रगति, भविष्यका योजना तथा विद्यार्थीको क्षमता विकासमा केन्द्रित कार्यक्रमले विद्यार्थीहरुमा क्षमताविकास संगै विभिन्न क्रियाकलापका अब्बल बनाउदै आएको बताए ।
    सोही अवसरमा विद्यार्थीहरूलाई विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरु लाई पुरस्कार वितरण गरिएको थियो ।

    कार्यक्रममा विज्ञान प्रदर्शनी, शैक्षिक सामग्रीका साथै चित्रकला प्रदर्शनीका १५ वटा स्टलहरुमा अभिभावकहरुले अवलोकन गरेका थिए ।

4565