-
इटहरी । कोशी अञ्चल ईटा उद्योग व्यवसायी संघले तेश्रो मुलुकबाट आयात गरिएको नेपालमा गुणस्तरहीन कोइला आयात भइरहेको भन्दै संघले आपत्ति जनाएको छ ।
संघले आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुनसरी र मोरङका ईटा उद्योगी तथा सप्लायर्सहरूले अमेरिका बाट आयात गरिएको उच्च गुणस्तरको कोइला भारतको हल्दिया पोर्ट हुँदै नेपाल ल्याउने क्रममा चोरी तथा गुणस्तर हिन कोइला लोड गरेर नेपाल ल्याएको जनाए ।
संघका अनुसार हल्दिया पोर्टमा जहाजबाट कोइला अनलोड गरी भारतीय नम्बर प्लेटका ट्रकमा लोड गरेर सिल लगाई नेपाल ल्याइने व्यवस्था छ ।
तर बाटोमै भारतीय क्षेत्रका केही डिपोहरूमा ट्रकको सिल तोडी राम्रो कोइला बिक्री गरी त्यसको सट्टा कमसल कोइला तथा ढुंगाको कालो धुलो मिसाएर नक्कली सिल प्रयोग गरी नेपाल भित्र्याइएको पाइएको छ ।
विगतदेखि यस्ता गतिविधि भइरहेको आशंका रहे पनि हाल पाँच दिनअघि आएको कोइलाको गुणस्तर परीक्षणपछि स्पष्ट प्रमाण भेटिएको कोशी अञ्चल ईटा उद्योग व्यवसायी संघका अध्यक्ष खगेन्द्र श्रेष्ठले बताए ।
News Desk 0 response सोमवार, माघ १२, २०८२
हल्दिया पोर्टबाट आएको भारतीय ट्रक नम्बर डब्ल्युबी ५९ ई ३४४३, डब्ल्युबी ५७ एफ ०७५६,डब्ल्युबी ५९ डी १४०६ लगायत अन्य ट्रकमा ल्याइएको कोइलाको परीक्षण गर्दा पोर्टको ल्याब रिपोर्टभन्दा निकै कम गुणस्तरको कोइला भेटिएको संघको दाबी छ ।
सो विषयमा ट्रक चालकसँग सोधपुछ गर्दा ट्रक मालिककै निर्देशनमा भारतीय डिपोमा राम्रो कोइला बिक्री गरी खराब कोइला सट्टापट्टा गरिएको स्वीकार गरिएको संघले जानएको छ ।
तेश्रो मुलुकबाट आयात भएको कोइला भारतको बाटो प्रयोग गरी नेपाल प्रवेश गरेपछि मात्र खोल्न पाइने कानूनी व्यवस्था हुँदाहुँदै भारतमै सिल खोली कोइला बिक्री गर्नु गम्भीर अपराध भएको संघका महासचिव राजन कुमार तिम्सिनाले जानकारी गराए ।
उनले ट्रान्सपोर्ट कम्पनीको गलत कार्यले धेरै ईटा उद्योगीहरूलाई ठूलो आर्थिक नोक्सानी पुगेको भन्दै ट्रकहरुलाइ प्रहरीलाई जानकारी गराइ सुरक्षित राखिएको बताए ।
संघले उक्त घटनाबारे सम्बन्धित सरोकारवाला निकायहरूमा तत्काल सूचना सम्प्रेषण गरी छानबिन तथा दोषीमाथि कडा कारबाही गर्न पत्रकार सम्मेलन मार्फत माग गरेको छ ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





