-
इटहरी । इटहरी उपमहानगरपालिकामा डुवान समस्याको दीर्घकालीन समाधानका रूपमा नयाँ प्रविधिबाट पक्की घर उचाल्ने काम प्रभावकारी बन्दै गएको छ ।
इटहरी–४ मा अवस्थित टेकराज राईको दुईतले, छ कोठे पक्की घर जमिनदेखि करिब पाँच फिट उचालेर डुवानमुक्त बनाइएको हो । उक्त काम केडब्लू बिल्डिङले काम गरिरहेकाको छ ।
विगत आठ वर्षअघि नेपालमा यो प्रविधिबाट काम गर्दै आएको छ ।
हरेक वर्ष मनसुनमा पानी पस्ने समस्याले हैरान बनेपछि राईले सामाजिक सञ्जालमार्फत घर उचाल्ने प्रविधिबारे जानकारी पाएर कम्पनीसँग सम्पर्क गरेका थिए । ‘पहिला वर्षायाम आउनासाथ घरभित्र पानी पस्ने समस्या रहदै आएको अब भने घर उचालिसकेपछि डुवानको समस्या पूर्ण रूपमा समाधान हुने पनी विश्वास ब्यक्त गरे ।
घर भत्काउनुपर्दैन, संरचना जस्ताको तस्तै राखेर विशेष ज्याक र आधुनिक उपकरणको प्रयोगबाट पूरै घर उचालिने भएकाले समय र खर्च दुवै बचत हुने र कुनै टुटफुट नभएको र बसोबासमा समेत ठूलो असर नपर्ने भएको बताए ।

केडब्लू हाउस लिफ्टिङ सिफटिङं कन्टक्सन सर्भिसका सञ्चालक भोला सिंह राठौरले भारतमा करिब २८ वर्षअघि नै यस्तो प्रविधि सुरु भइसकेको जानकारी दिए । नेपालमा पनि डुवानको जोखिममा रहेका र स्थान परिवर्तन गर्नुपर्ने धेरै घरहरू हामीले सुरक्षित रूपमा सारिका र उचालेका जानकारी दिए उनले यो प्रविधिबाट घर उचाल्दा संरचनात्मक मजबुती कायम रहने र कुनै क्षति नआउने बताए ।

इटहरीसहित तराईका विभिन्न क्षेत्रमा डुवान समस्या बढ्दै गएकाले यस्ता प्रविधिप्रति घरधनीको चासो बढिरहेको छ । स्थानीयवासीले यो उपायलाई दीर्घकालीन र व्यवहारिक समाधानका रूपमा हेर्न थालेका छन्।
News Desk 0 response बुधबार, माघ ७, २०८२
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





