-
इटहरी । विश्व आदर्श एकेडेमीको आयोजनामा पहिलो पटक भिएसी भर्टेक्स–२०२६ सुरु भएको छ । विज्ञान, सृजनशीलता र प्रतिस्पर्धालाई एकै मञ्चमा जोड्ने उद्देश्य सहित आयोजना गरिएको यो दुईदिने शैक्षिक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
सुनसरी,सुन्दरहरैचाका १९ वटा विद्यालयबाट छनोट भएका तीन–तीन जना विद्यार्थीहरु सहभागी रहेको यस कार्यक्रममा विद्यार्थीहरूबीच चार वटा विधामा प्रतिस्पर्धा भइरहेको छ ।
कार्यक्रममा हाजिरी जवाफ, शैक्षिक प्रदर्शनी, सृजनशील प्रस्तुति तथा बौद्धिक प्रतिस्पर्धा समावेश गरिएका छन्। यी विधामार्फत विद्यार्थीहरूले आफ्नो ज्ञान, तर्कशक्ति, प्रस्तुतीकरण क्षमता र नवप्रवर्तनशील सोच प्रस्तुत गरिरहेका छन् ।
कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने छ ।
आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट हुने विजेतालाई प्रथम हुने समूहलाई नगद २० हजार, दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो स्थान हासिल गर्ने लाई नगद १० हजार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिनेछ । यसले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास आयोजकले लिएको छ ।
News Desk 0 response शुक्रबार, माघ २, २०८२
कार्यक्रमका अध्यक्ष लेखनाथ घिमिरेले उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्ता शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए। उनले पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक सीप, सिर्जनशीलता र आत्मविश्वास विकास आजको आवश्यकता रहेको उल्लेख गरे।
विश्व आदर्श एकेडेमीका कार्यक्रम निर्देशक सुजन पुरीले विश्व आदर्श एकेडेमीले यसअघि पनि विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जानकारी दिए । उनले भिएसी भर्टेक्स पहिलो पटक आयोजना गरिएको कार्यक्रम भए पनि यसलाई आगामी वर्षहरूमा विद्यालयस्तरबाट प्रदेश, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्य रहेको बताए ।
भिएसी भर्टेक्स–२०२६ ले विद्यार्थीहरूलाई सिकाइको नयाँ अनुभव प्रदान गर्दै ज्ञान, सृजनशीलता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





