-
इटहरी । विद्यालय तहमा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनलाई प्रवद्र्धन गर्ने उद्देश्यले “समावेशी शिक्षा, नीति र अभ्यास” विषयक कार्यशाला इटहरीमा सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालय शिक्षा संकाय अन्तर्गतको एमआईएसएनई कार्यक्रम समूह २०२५ को आयोजनामा इटहरीमा सम्पन्न भएको हो ।
कार्यशालाको उद्देश्य अपाङ्गता भएका बालबालिका, भाषिक तथा सांस्कृतिक विविधता भएका विद्यार्थी र सामाजिक रूपमा पिछडिएका समुदायका बालबालिकालाई शिक्षामा समेट्ने रणनीतिबारे विद्यालयका शिक्षक तथा सरोकारवालालाई व्यवहारिक जानकारी प्रदान गर्नु रहेको कार्यक्रम संयोजक सरिता खतिवडाले जानकारी दिइन् ।
समावेशी शिक्षालाई कक्षाकोठामा कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा सहभागीलाई व्यवहारिक अभ्यास र सैद्धान्तिक विषयमा चर्चा गरिएको थियो ।
कार्यशालामा कक्षाकोठामा समावेशी वातावरण निर्माण गर्ने तरिका, विभेदरहित शिक्षण विधि, विद्यार्थीको व्यक्तिगत आवश्यकताअनुसार शिक्षण सामग्रीको प्रयोग, तथा सहपाठी सहयोग प्रणालीजस्ता विषयमा काठमाडौं विश्वविद्यालयका शिक्षकहरु.प्रिसिमा थापा, रमेश बराल र महेन्द्र थापाले सहजीकरण गरेका थिए ।
सो अबसरमा आयोजकको तर्फबाट सिर्जना तिम्सीना, यादवा रेग्मी र उपप्राध्यापक पंकज राय अधिकारी लगायतले समावेशी शिक्षाको सफल कार्यान्वयनले समानता, सामाजिक न्याय र दिगो विकासतर्फ नेपाललाई अघि बढाउने विश्वास व्यक्त गरे ।
News Desk 0 response शनिबार, पुस २६, २०८२
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिबश पोख्रेल, वरिष्ठ समाजसेवी रामचन्द्र अधिकारी, समावेशी शिक्षाका विज्ञ रञ्जना ढकाल, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देल, इटहरी उपमहानगरपालिकाका शिक्षा अधिकृत सन्तोष कार्की, बिश्व आदर्श एकेडेमीका प्राचार्य गणेश दुलाल लगायतले समावेशी शिक्षाको महत्व, अपरिहार्यता र कार्यान्वयनको सन्दर्भमा भइरहेको अभ्यास र सुधार गर्नु पर्ने विषयमा चर्चा गरेका थिए । उनीहरुले समावेशी शिक्षा कार्यान्वयनमा अझै चुनौतीहरू कायम रहेको बताउदै भौतिक पूर्वाधारको अभाव, प्रशिक्षित शिक्षकको कमी तथा सामाजिक चेतनाको न्यून स्तर प्रमुख समस्याका रूपमा देखिएको बताए । शिक्षाविद्हरूका अनुसार नीति निर्माणसँगै प्रभावकारी कार्यान्वयन र समुदायको सक्रिय सहभागिता अनिवार्य बताइएको छ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका कोशी प्रदेश संयोजक प्रितिका बस्नेतको अध्यक्षता तथा विश्व आदर्श एकेडेमीका अध्यक्ष एवं शिक्षाविद् लेखनाथ घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशालामा झापा, मोरङ, सुनसरी तथा काठमाडौं लगायतका जिल्लाबाट शिक्षाविद्, निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा शैक्षिक क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रको काम गर्दै आएका अभियन्ता लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले विद्यालयमा समावेशी शिक्षाको व्यवहारिक अभ्यास बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





