-
इटहरी । होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशको तदर्थ समिति गठन गरिएको छ। मणिन्द्र बहादुर कटवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो, जसले प्रदेशभरका होटल तथा पर्यटन व्यवसायीलाई एकीकृत गर्दै पर्यटन प्रवद्र्धनमा सक्रिय भूमिका खेल्ने लक्ष्य लिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा धनकुटाका तेज बहादुर पुरी चयन भएका छन् भने उपाध्यक्षहरूमा मोरङका खिलकुमार सुवेदी र खोटाङका जे.बी. राई रहेका छन्। महासचिवमा सुनसरीका उमानाथ दाहाल, सचिवमा तेह्रथुमका प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा झापाकी इन्दिरा कुमारी श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा सुनसरीका केशव गिरी र धनमाया राई, भेडेटारका रमेश श्रेष्ठ, ताप्लेजुङका इन्द्र नारायण भट्टराई, इटहरीका माधव दाहाल र आरोन कार्की, धरानका नारायण सुब्बा, विराटनगरका विजयराज प्रसाई, सोलुखुम्बुकी धनमाया श्रेष्ठ र बिर्तामोडका नविन खरेल रहेका छन्। त्यस्तै सल्लाहकारहरुमा कृष्ण शाह ,भबिस श्रेष्ठ रबिन गौतम,पुन्य प्रसाद भट्टराई ,उदय श्रेष्ठ रहेका छन् । आयोजकका अनुसार अन्य सदस्यहरूको नाम पछि थप गरिने जनाएको छ ।
तदर्थ समिति गठन कार्यक्रम बाबुराम गिरीको अध्यक्षतामा तथा महासंघका केन्द्रीय उपाध्यक्ष देवी गौतम ‘रविन’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका होटल तथा पर्यटन व्यवसायीहरूकोसहभागिता रहेको थियो ।
नवगठित समितिका अध्यक्ष कटवालले सन् २०८२ लाई ‘पर्यटन वर्ष’का रूपमा सफल बनाउने उद्देश्यसहित समिति गठन गरिएको बताए ।
उनले कोशी प्रदेशका व्यवसायीलाई चलायमान बनाउँदै स्थानीय पर्यटकीय गन्तव्यको प्रचार–प्रसार, सेवा गुणस्तर अभिवृद्धि र आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । “प्रदेशमा प्रशस्त सम्भावना छन्, ती सम्भावनालाई अवसरमा बदल्न व्यवसायीबीच सहकार्य आवश्यक रहेको जनाए । कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि साझा प्लेटफर्मबाट पर्यटन प्रवद्र्धन, नीति निर्माणमा सुझाव र व्यवसायिक हकहितका लागि महासंघको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन ।
News Desk 0 response शनिबार, पुस २६, २०८२
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





