-
इटहरी । समाजसेवी पिताम्बर दाहालले इटहरी उपमहानगरपालिका–४ मा रहेको निःसहाय बाबालिका सेवा आश्रमलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेका छन ्।
हाल अमेरिका बस्दै आएका दाहाल नेपाल आएको अवसरमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन्। यस वर्ष भने आश्रममा आश्रित बालबालिकाका लागि केही राहत पुगोस भन्ने उद्देश्यले नगद सहयोग गरेको उनले बताए । सानो भए पनि बालबालिकाको दैनिक आवश्यकता पूर्तिमा सहयोग होस् भन्ने चाहना रहेको दाहालले बताए ।
दाहाल लोकदोहोरी गायिका गंगा गौतम आचार्यको पहलमा आश्रम पुगेका थिए। आश्रम अवलोकनपछि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले आगामी दिनमा पनि सकेसम्म सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
सो अवसरमा आश्रमकी संस्थापक तथा सञ्चालिका सुश्री गीता गौतमले नगद रकम ग्रहण गर्दै विदेशबाट आएर समेत संस्थालाई सहयोग गरेकोमा दाहालप्रति आभार व्यक्त गरिन्।
उनले यस्ता सहयोगी दाताहरूको साथले नै आश्रम सञ्चालन गर्न सहज भएको बताइन् । दाताहरूको सानो–सानो सहयोगले पनि बालबालिकाको जीवनमा ठूलो अर्थ राख्ने गौतमले बतायन ।
News Desk 0 response बिहिबार, पुस २४, २०८२
त्यसैगरी लोकदोहोरी गायिका गंगा गौतम आचार्यले व्यक्तिगत, संघ–संस्था र समाजसेवीहरूको निरन्तर सहयोगले नै आश्रम जस्ता सामाजिक संस्थाहरू टिकाइरहन सफल भएको बताइन्। उनले समाजका हरेक सक्षम व्यक्तिले सकेको सहयोग गरे बालबालिकाको भविष्य सुरक्षित बनाउन सकिने उल्लेख गरिन्। हाल निःसहाय बाबालिका सेवा आश्रममा ६१ जना बालबालिकाले आश्रय लिइरहेका छन् । उनीहरूको शिक्षा, स्वास्थ्य र दैनिक जीवनयापनका लागि नियमित सहयोग आवश्यक रहेको आश्रमले जनाएको छ । स्थानीय स्तरमा यस्ता सामाजिक कार्यमा बढ्दो सहभागिताले मानवीय सेवाप्रति सकारात्मक सन्देश गएको सहभागीहरूले बताएका छन् ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





