-
इटहरी । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कोशी प्रदेश कमिटिको तेस्रो अधिवेशन शनिबार उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनले तीर्थराज अधिकारीको अध्यक्षता नयाँ कायृ समिति सर्वसम्वत चयन गरेको छ ।नवगठित कार्यसमितिको उपाध्यक्षमा युवराज भट्टराई, महिला उपाध्यक्षमा गोमा उप्रेती, सचिवमा लक्ष्मण प्रसाईं, सह–सचिवमा फणिन्द्रराज भण्डारी तथा कोषाध्यक्षमा शंकर थापा रहेका छन। यस्तै सदस्यहरूमा हेम गौतम, विक्रमचन्द्र ठाकुर, फणिन्द्रहरी पोखरेल, सुजाता थापा कार्की, नर्मदा भट्टराई, गंगा प्रसाद सिंखडा र अनिल कटुवाल चयन भएका हुन ।
यसै अवसरमा जिल्ला कार्य समितिहरू पनि गठन गरिएको छ । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ झापाको अध्यक्षमा माया प्रधान, उपाध्यक्षमा अन्जना शर्मा, सचिवमा सुजित घिमिरे र कोषाध्यक्षमा गीतादेवी दाहाल निर्विरोध चयन गरेको छ । सदस्यहरूमा उपेन्द्र प्रधान, भावना राई र दीपक लामिछाने निर्वाचित भएका थिए ।
मोरङ जिल्ला कार्य समितिको अध्यक्षमा गजेन्द्र दंगाल, उपाध्यक्षमा रेखा खड्का, सचिवमा देव नारायण साह र कोषाध्यक्षमा चन्द्रमणि तिम्सिना चयन हुनुभएको छ भने सदस्यहरूमा दिलिप कुमार मिश्र, राजेश अग्रवाल र पूजा सहनी निर्विरोध निर्वाचित भएको छ ।
यस्तै, सुनसरी जिल्ला कार्य समितिको अध्यक्षमा प्रकाश बस्नेत, उपाध्यक्षमा मनोज अग्रवाल, सचिवमा सुजना तिम्सिना र कोषाध्यक्षमा जिता नन्द मेहता चयन हुनुभएको छ । सदस्यहरूमा मनमाया रोक्का र वीरेन्द्र कुमार चौधरी निर्विरोध चयन गरेको हो ।

कोशी प्रदेश कमिटिका अध्यक्ष जीपी तिवारीको सभापतित्व तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो अधिवेशनमा अग्रज आयुर्वेदकर्मी सूर्यनारायण मेहता, मुरलीप्रसाद साह र दिलिपकुमार मिश्रलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन जीपी तिवारी र कोषाध्यक्षको प्रतिवेदन गोमा उप्रेतीले प्रस्तुत गरेका थिए र्नुभएको थियो । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष रामचन्द्र बुढाथोकी, निवर्तमान अध्यक्ष जंगराज गिरी, औषधी व्यवस्था विभागकी कार्यालय प्रमुख सचिता वर्मा तथा जेष्ठ नागरिक कोशी प्रदेश समन्वय समिति संयोजक पुण्यप्रसाद न्यौपानेल गायतले शुभकामना मन्तव्य राखेका थिए ।
News Desk 0 response आइतवार, पुस २०, २०८२
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





