• सुनसरी । रामधुनी नगरपालिका क्षेत्रका महिला लक्षित तिन दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
    ई.टि.सी. नेपालको सहयोग तथा सेभ द अर्थ सुनसरीको आयोजनामा एकिकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत पुस १३ गते देखि सञ्चालन भएको तीन दिने उद्घोषण तालिम मंगलबार सम्पन्न गरिएको हो ।
    रामधुनी नगरपालिका वडा नं. २, ४, ८ र ९ मा रहेका संस्कार, उन्नती, पाथिभरा तथा नविन महिला लघुउद्यम सहकारी संस्थाका कार्यसमिति, लेखा समिति तथा सदस्य पदाधिकारीहरूलाई लक्षित गरी सेभ द अर्थ सुनसरीको कार्यालय सभाहलमा तालिम सञ्चालन गरिएको थियो ।
    तीन दिन सम्म चलेको तालिममा २० जना महिलाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

    तालिममा प्रशिक्षक सुविद गुरागाईंले उद्घोषणका आधारभूत सीपदेखि व्यवहारिक पक्षसम्म प्रशिक्षण दिएका थिए ।
    उनले कार्यक्रम सञ्चालन गर्ने तरिका, स्पष्ट र आत्मविश्वासका साथ बोल्ने कला, माइक समात्ने सही विधि, मंचमा उभिने शैली तथा दर्शकसँग संवाद गर्ने सीपमा विशेष जोड दिइएका थिए । अभ्यासमूलक सत्रले सहभागी महिलाहरूलाई सिकेका कुरा तुरुन्त प्रयोग गर्ने अवसर प्रदान गरेको थियो ।

    एकिकृत सामुदायिक विकास कार्यक्रमकी सामाजिक परिचालक पूजा राजधामीका अनुसार तालिमले सहकारीमा आबद्ध महिलाहरूको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पारेको बताइन । उनले यस्ता तालिमले महिलालाई सार्वजनिक कार्यक्रममा अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् ।
    तालिमको समापन समारोह सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षता तथा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष भट्टराईले महिलाको क्षमता अभिवृद्धि नै दिगो विकासको आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

    कार्यक्रमकी प्रमुख अतिथी उपप्रमुख तारा थापाले महिलाको आत्मविश्वास र नेतृत्व क्षमता बढाउन तालिमले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सहभागी महिलाहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।
    समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको सस्थाकी सामाजिक परिचालक हिरा अधिकारीले जनकारी गराइन ।

4565