-
इटहरी । नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरीको आयोजनामा सञ्चालित तीनदिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
पौष १० गतेदेखि सुरु भएको उक्त तालिम आकस्मिक दुर्घटना, विपद् तथा आपतकालीन अवस्थाहरूमा तत्काल र सही प्राथमिक उपचार मार्फत बहुमूल्य जीवन जोगाउन सकिने उद्देश्यका साथ सञ्चालन गरिएको हो ।
समुदायस्तरमै सक्षम र दक्ष जनशक्ति तयार पार्ने लक्ष्य सहित नेपाल रेडक्रस सोसाइटी इटहरीले यस प्रकारका तालिमलाई निरन्तरता दिँदै आएको छ ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई दैनिक जीवनमा आइपर्ने साना–ठूला दुर्घटना, घाइतेको प्राथमिक उपचार, रक्तश्राव नियन्त्रण, बेहोस अवस्थामा गर्ने उपचार, विपद् व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
तालिममा प्रशिक्षकहरू उमेश सुवेदी, रामबहादुर पाठक, नरेन्द्र खत्री तथा शकुन्तला गुरागाईंले आधारभूत प्राथमिक उपचारका विधि अभ्यास सहित प्रशिक्षण गराएका थिए । तालिम संयोजक संजिव ढुंगानाले आकस्मिक घटनामा आत्मविश्वासका साथ प्राथमिक उपचार गर्न सक्ने नागरिक तयार पार्नु नै तालिमको मुख्य लक्ष्य रहेको बताए ।
उक्त तालिममा इटहरी क्षेत्रका विभिन्न विद्यालय, संघ–संस्था तथा समुदायबाट प्रतिनिधित्व गर्ने २४ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमले व्यवहारिक जीवनमा अत्यन्त उपयोगी ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।
News Desk 0 response सोमवार, पुस १४, २०८२
तालिमको समापन समारोह नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सभापति दिनेश भट्टराईको अध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति उमेश थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा इटहरी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट गुञ्जन त्रिताल, जिल्ला सदस्य विमल पौडेल, सुनसरी शाखाका मन्त्री प्रकाश राई, उपमन्त्री कृष्णप्रसाद भट्टराई, संस्थापक संयोजक राजेश श्रेष्ठ लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले प्राथमिक उपचारसम्बन्धी ज्ञान समुदायमा विस्तार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउँदै रेडक्रसको भूमिकाको प्रशंसा गरेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





