-
इटहरी । जोखिममा परेका तथा संरक्षणमा रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित माइती नेपाल इटहरीले इ–रिक्सा तथा विभिन्न सीपमूलक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरी उपमहानगरपालिका–२ स्थित माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहमा आइतबार आयोजित कार्यक्रममा ३३ जना महिलाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
कार्यक्रम अन्तर्गत ३ जनालाई इ–रिक्सा, २ जनालाई इ–रिक्साका ब्याट्री प्रदान गरिएको छ भने ५ जनालाई सिलाई मेसिन वितरण गरिएको छ ।
त्यस्तै, ७–७ जनालाई बेसिक तथा एडभान्स कटाई–सिलाई तालिम, ५ जनालाई ब्यूटी पार्लर तालिम र ६ जनालाई कम्प्युटर तालिम प्रदान गरी सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।
तालिम तथा सामग्री प्राप्त गरेपछि महिलाहरूमा आत्मविश्वास र उत्साह थपिएको देखिन्थ्यो ।
माइती नेपाल इटहरीकी कार्यक्रम संयोजक सुनिता कार्कीले उद्धार गरी ल्याइएका तथा पारिवारिक जिम्मेवारीका कारण आफैं घर चलाउन बाध्य महिलाहरूलाई समयानुकूल र बजारको माग अनुसार जीवनोपयोगी सीप प्रदान गर्दै आएको जानकारी दिइन्। “सीपसँगै साधन उपलब्ध गराउँदा महिलाहरूलाई दिगो रोजगारी र आत्मनिर्भरताको बाटो खुलेको बताइन ।
तालिम पूरा गरी इ–रिक्सा तथा सामग्री प्राप्त गरेका सहभागीहरूले अब आफ्नै श्रमबाट जीवनयापन गर्न सकिने विश्वास बढेको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख सङ्गिता कुमारी चौधरीले महिलाको उद्धार, संरक्षण र सशक्तीकरणमा माइती नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू समाज परिवर्तनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताइन्। उनले स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।
२०५० सालमा स्थापना भएको माइती नेपालले हालसम्म १६ सय ७९ जना महिलाहरूलाई परामर्श,उद्धार, तालिम तथा सेवा प्रदान गरिसकेको छ । संस्थाले वार्षिक रूपमा दुई सत्रमा बजारको आवश्यकता अनुसार विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।

हालसम्म १५ वटा इ–रिक्सा वितरण गरिसकेको माइती नेपालले जानकारी दिएको छ ।
News Desk 0 response सोमवार, पुस १४, २०८२
कार्यक्रममा इटहरी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजन पाण्डे, इटहरी–२० की वडा सदस्य धर्मा गिरी, जिल्ला समन्वय समिति सदस्य कुमारी विक, इटहरी–१ की वडा सदस्य विष्णुमाया नेपाल लगायत विभिन्न संघ–संस्था प्रतिनिधि तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





