-
मोरङ । मोरङको बेलबारी–११ लक्ष्मीमार्ग स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदमा परिवर्तन भएको छ ।
विद्यालयका प्रधानाध्यापक तुलसीराम खरेलले स्वेच्छिक अवकाश लिनु भएपछि विद्यालय प्रशासनमा नयाँ नेतृत्व चयन गरिएको हो ।स्वेच्छिक अवकाशपछि विद्यालयमा उत्पन्न रिक्त प्रधानाध्यापक पदमा शिक्षक हर्क बहादुर देवानलाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको विद्यालय स्रोतले जनाएको छ ।
देवान लामो समयदेखि विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिमा सक्रिय रहँदै आएका अनुभवी शिक्षकका रूपमा परिचित हुन ।
विद्यालय परिवारले निवर्तमान प्रधानाध्यापक खरेलले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक उन्नयन, भौतिक पूर्वाधार विकास तथा अनुशासन कायम गर्न खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनको योगदानप्रति आभार व्यक्त गरेको छ ।
त्यसैगरी नव नियुक्त प्रधानाध्यापक देवानलाई विद्यालय परिवारले बधाई दिँदै उनको कार्यकाल सफलता को शुभकामना र्दिका थिए ।
News Desk 0 response सोमवार, पुस १४, २०८२
नयाँ नेतृत्वसँगै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा विद्यार्थीमैत्री वातावरण सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।
श्री लक्ष्मी माध्यमिक विद्यालय परिवारले आगामी दिनमा सामूहिक प्रयास मार्फत विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३