-
इटहरी । पाँचौ राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर सुनसरीको इटहरीमा ७६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक समन्वय समिति इटहरीको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा उपमहानगरपालिका क्षेत्रका २० वटै वडाबाट छनौट गरिएका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
जेष्ठ नागरिकहरुलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रममा जोडको दिनका अवसरमा पारेर मनाइने विगत पाँच वर्ष देखि राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन थालिएको छ । सोही अवसर पारेर जेष्ठ नागरिक समन्वय समिति इटहरीका अध्यक्ष पुण्यप्रसाद न्यौपानेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिताकुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरिएको थियो ।
जेष्ठ नागरिक दिवसको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा वडा क्षेत्रबाट जेष्ठ नागरिकहरुलाई समेटेर सम्मान गरिएको जेष्ठ नागरिक समन्वय समिति इटहरीका उपाध्यक्ष तुलाराम दंगालले जानकारी दिए ।

सम्मान कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक शाखाका नेत्र न्यौपाने , कार्यक्रमका अध्यक्ष पुण्यप्रसाद न्यौपाने , प्रमुख अतिथी उपमहानगरपालिका उपप्रमुख चौधरी लगायतले सम्मानित जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर फलफूल उपलव्ध गराएका थिए ।
News Desk 0 response शुक्रबार, पुस ११, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





