-
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको आयोजनामा सुनसरीको मधेसा क्षेत्रमा वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
News Desk 0 response सोमवार, पुस ७, २०८२
कार्यक्रम इनरुवा नगरकमिटी सभापति छबिरमण भट्टराईको अध्यक्षतामा तथा रास्वपाका केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले लगायत विभिन्न राजनीतिक दल परित्याग गरी ८ सयभन्दा बढी नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन् ।
रास्वपा सुनसरी जिल्ला कमिटी सदस्य पुण्य प्रसाद सापकोटाले पछिल्लो समय रास्वपाप्रति जनआकर्षण बढ्दै गएको बताए ।
पुराना दलको कार्यशैलीबाट निराश बनेका नागरिकले वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपालाई रोजेको उनको भनाइ थियो ।
प्रमुख अतिथि बुर्लाकोटले पार्टी प्रवेश गर्ने सबैलाई स्वागत गर्दै रास्वपा पारदर्शिता, सुशासन र जवाफदेहितामा आधारित राजनीति गर्न प्रतिबद्ध रहेको बताए ।
उनले भ्रष्टाचार, कुशासन र अस्थिर राजनीतिबाट मुलुकलाई मुक्त गर्न जनताको सक्रिय सहभागिता सहित नयाँ राजनीतिक संस्कार आवश्यक रहेको धारणा व्यक्त गरे । रास्वपाले नीति, विचार र कामका आधारमा जनविश्वास जित्दै अघि बढिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा कोशी प्रदेश तथा सुनसरी जिल्लाका पार्टी पदाधिकारी, स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। पार्टी प्रवेश गर्ने नवआगन्तुकहरूले रास्वपाको एजेन्डा र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संगठन निर्माण र आगामी राजनीतिक अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





