-
इटहरी । इटहरी उपमहानगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय अगाडि जेनजेड आन्दोलनका क्रममा आगजनी भएका सवारीसाधनहरू हटाइएका छन् । लामो समयदेखि सडकछेउमा थन्किएर रहेका ती गाडीहरूले आवतजावतमा अवरोध सिर्जना गर्दै आएका थियो । इटहरी उपमहानगर पालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष दिवस पोख्रेलको समन्वयमा सुनसरी वैदेशिक रोजगार संघ इटहरी र ढुवानी व्यवसायी सन्तबहादुर डुम्जनको सहयोगमा सफाइ कार्य सम्पन्न गरिएको हो ।
सुनसरी वैदेशिक रोजगार संघका अध्यक्ष चंखमान तामाङका अनुसार इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुभाष हमालको प्रत्यक्ष उपस्थितिमा गाडीहरू हटाइएका हुन् ।
केही महिना अघि जेनजेड आन्दोलनका क्रममा भएका क्षतिको कारण सडक विस्तार तथा सरसफाइमा समस्या परेको भन्दै वडाध्यक्ष पोख्रेलले प्रभावकारी रूपमा सफाइ गरिएको बताए ।
News Desk 0 response शनिबार, मंसिर २७, २०८२
सफाइका लागि वैदेशिक रोजगार संघले क्रेन उपलब्ध गराएको र ढुवानी व्यवसायी तर्फबाट टेलरको व्यवस्था गरिएको ढुवानी ब्यवसायी महासंघका पुर्व अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए ।
हटाइएका सवारीसाधनहरू हाल इलाका प्रहरी कार्यालय रंगशाला क्षेत्रमा व्यवस्थित रूपमा राखिने जनाइएको छ ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





