-
इटहरी । कामधेनु दुग्ध विकास सहकारी संस्था सुनसरीमा आन्तरिक विवाद चुलिएको छ ।
संस्थाका संस्थापक, तीन कार्यकाल अध्यक्ष तथा वरिष्ठ सहकारीकर्मी कृष्णप्रसाद अधिकारी र २०७१ देखि शेयर सदस्य रहेका मनोज दाहाल र कर्मचारी तेज प्रसाद सुवेदीले आफूहरूलाई गरिएको निष्कासन निर्णय “पूर्वाग्रहपूर्ण, मनगणन्ते र सहकारी ऐनविपरीत” रहेको भन्दै ग्.गा जमुना होटेलमा पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन ।
अधिकारी र दाहालका अनुसार मंसीर १२ गते बसेको सञ्चालक समितिको संयुक्त बैठकले विनियमको दफा १३ बमोजिम भ्रामक र तथ्यहीन समाचार संप्रेषण गरेको आरोप लगाउँदै उनीहरूलाई शेयर सदस्यबाट निष्कासन गरेको पत्र पठाएको थियो । उनीहरूले आरोपलाई बिनाआधार बिना प्रमाण र व्यक्तिवादी रिसिवीले चलाएको कारबाही गरेको बताएका छन ।
कृष्णप्रसाद अधिकारी नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति समेत रहेकाछन्,ले आफूले कुनै पनि सञ्चारमाध्यममा कामधेनु सम्बन्धी समाचार न लेखेको स्पष्ट पार्दै सहकारी इतिहासमा महत्वपूर्ण योगदान दिने व्यक्तिमाथि यस्तो आरोप लगिनु दुःखद र संस्थाको प्रतिगमन भएको बताए ।
उनले संस्थामा भएका आर्थिक अनियमितता, कर्मचारी मृत्युसँग सम्बन्धित संवेदनशील घटनामा अस्पष्टता र अध्यक्ष यादप ढकालको भूमिकाबारे प्रश्न उठाउँदै “सत्य छोप्न र प्रतिवाद गर्ने सदस्यलाई हटाउन खोजिएको आरोपसमेत लगाए ।
News Desk 0 response बिहिबार, मंसिर २५, २०८२
यस्तै, मनोज दाहालले पनि आफूलाई लगाइएका आरोप निराधार रहेको बताउँदै सहकारीको व्यापक अनियमितता उठाउने व्यक्तिलाई निशाना बनाइएको दाबी गरे। उनले वर्तमान नेतृत्वमाथि समानान्तर कारोबार, कालोसूचीमा परेको संस्थाको नाममा कर्मचारी परिचालन, दानाको व्यापार दुरुपयोग तथा दूध बिक्रीमा अनियमितता जस्ता गम्भीर आरोपसमेत सार्वजनिक गरे ।
दुवैले सहकारीको ऐतिहासिक महत्व स्मरण गराउँदै कामधेनुको विरासत र पारदर्शिता जोगाउन निष्पक्ष छानबिन तथा सञ्चार माध्यमको निगरानी आवश्यक रहेको जोड दिएका छन् ।
विवाद सार्वजनिक भएपछि संस्था भित्रको व्यवस्थापन, निर्णय प्रक्रिया र नेतृत्वको जवाफदेहिताबारे गम्भीर प्रश्न उठेको छ ।
-
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
मतदान र मतगणनापछि भगवती मावि परिसरमा सरसफाइ
सोमवार, फाल्गुन २५, २०८२ -
पूर्व एआईजी विश्वराज पोखरेल ५ मतले विजयी, संसद प्रवेशसँगै गृहमन्त्रीको चर्चा
सोमवार, फाल्गुन २५, २०८२

इटहरीमा महिला ट्राफिक प्रहरीलाई सम्मान तथा सामग्री सहयोग
आइतवार, फाल्गुन २४, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२