-
ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताउनुभएको छ । आइतबार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेको बताउनुभएको हो ।
आर्थिक समृद्धिमा टेवा पु¥याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भिक रुपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्रीत भइरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘हिजो हामीहरु राजनीतिक व्यवस्था उल्ट्याउनका लागि लड्यौ भने आज शान्ति र स्थिरताको लागि सही राजनीतिक नेतृत्वको पनि आवश्यकता छ भनेर हामी लडिरहेका छौँ । हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक लडाइँ अहिले चलिरहेको छ । तर यो लडाइँ नलड्नुपर्ने हो यतिबेला । तरपनि हिजोको लडाइँको क्षेत्रबाट आएका अवशेषहरु, ती धङधङीहरु अहिलेपनि देखा पर्छन् । केही समय रहन्छन् अझै ।
हिजोको धङधङी राजनीतिमा देखा परिरहेको छ । हिजो हामी को कता थियौँ छोडिदिनुस् । आज के सही हो त्यो महत्वपूर्ण कुरा हो । कुन सत्यले ? कुन पार्टीले ? कुन नेतृत्वले ? आज देशको आर्थिक समृद्धिमा टेवा पु¥याउँछ, त्यसको लागि शान्ति र स्थिरता कसले ल्याउन सक्छ ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा कसले गर्न सक्छ ? राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा दह्रोसँग निर्भिक भएर उभिन सक्ने नेतृत्व आज चाहिएको छ । अरुको गुलाम, अरुको कठपुतली भएर हुँदैन । त्यस्तो नेतृत्व चाहिएको छ ।’
मन्त्री रायमाझीले नेपालको कृषिलाई सामुहिक रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । कृषिलाई ब्यक्तिवादी र निर्वाहमुखि चिन्तनबाट माथि उठाउँदै वैज्ञानिक आधुनिकरण र व्यवसायीकरणमा लैजानुपर्ने उहाँको भनाई छ ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३





