• इटहरी । शिक्षाका ज्योति भनेर पहिचान बनाएका श्री १०८ षडानन्द बालागुरुको १९१ औं जन्मजयन्ती समारोह तथा सम्मान कार्यक्रम इटहरीमा सम्पन्न गरिएको छ ।
    इटहरी–५ स्थित षडानन्द चोकमा स्थित सभा हलमा आयोजित कार्यक्रम षडानन्द बालागुरुका सालिकमा माल्यार्पण गर्दै उनको योगदान प्रति श्रद्धाञ्जलि अर्पण सहित जन्मजयन्ती मनाइएको हो ।
    षडानन्द स्मृति प्रतिष्ठान इटहरीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षता तथा तत्कालीन पुनरावेदन अदालतका पूर्व न्यायाधीश ऋषीराज मिश्रको प्रमुख अतिथ्यमा भउको थियो ।
    कार्यक्रमका प्रमुख अतिथी मिश्रले षडानन्द बालागुरुले शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा पु¥याएको योगदान आज पनि प्रेरणादायी रहेको बताए ।
    उनले शिक्षा, नैतिकता र समाजसेवामा अविचलित योगदान पुर्याएका षडानन्दको जन्मजयन्ती मनाउनु आफूलाई गौरवको विषय भएको उनले उल्लेख गरे ।

    सोही कार्यक्रममा ९६ वर्षिय षडानन्द माविका पूर्व विद्यार्थी बुद्धीप्रसाद गौतमलाई सम्मान गरिएको छ । प्रतिष्ठानको प्रतिनिधि टोली विराटनगरस्थित गौतमको निवासमै पुगेर सम्मान–पत्रले गरिएको थियो । यस क्रममा गौतमले आफ्नो विद्यार्थी जीवनका स्मरणहरू सुनाउँदै शिक्षाको उज्यालो फैलाउन षडानन्द बालागुरुले देखाएको मार्ग आज पनि अनुकरणीय रहेको सुनाए ।
    कार्यक्रमले शिक्षाका वाहक तथा मानवता र सेवा भावका प्रतीक षडानन्द बालागुरुको योगदानलाई पुनः स्मरण गराउँदै भावी पुस्तालाई प्रेरित गर्ने षडानन्द स्मृति प्रतिष्ठान इटहरीका अध्यक्ष कृष्ण अधिकारी विश्वास लिएको बताए ।

    कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष कृष्ण विनोद लम्सालको संयोजनमा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख वक्ता प्राध्यापक डाक्टर बद्रीविशाल पोख्रेलले षडानन्द बालागुरु नेपाली शिक्षाको इतिहासमा उज्यालो पात्र रहेको उल्लेख गर्दै उनको जीवन, सिद्धान्त र समर्पणबारे धारणा प्रस्तुत गरेका थिए । त्यस्तै, पौडेल वंश प्रतिष्ठान मोरङका अध्यक्ष विजय पौडेल, डा. टोलनाथ काफ्ले लगायत वक्ताहरुले शिक्षाक्षेत्रमा देखाएको निस्वार्थ समर्पणका कारण षडानन्दले सामाजिक चेतना र प्रगतिमार्गलाई फराकिलो बनाएको बताएका थिए ।

4565