-
इटहरी । औषधि ऐन २०३५ को दफा ११ अन्तर्गत रहेका अव्यवहारिक उपदफा खारेज गर्नुपर्ने माग सहित इटहरीमा औषधि व्यवसायीहरूले सङ्घर्षको घोषणा गरेका छन् ।
नेपाल औषधि व्यवसायी संघ सुनसरीद्वारा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको हो ।
२०५८ सालमै सो उपदफा गलत र कार्यान्वयन अयोग्य प्रमाणित भइसके पनि पुनः त्यसलाई सक्रिय बनाउन खोजिएको भन्दै “फेरि कसको स्वार्थमा ब्युताइयो भन्ने नारा सहित आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।
सहभागीहरूले औषधि व्यवसाय नियमनका नाममा व्यावहारिकता विपरीत, सेवाग्राहीमैत्री नभएको, व्यवसायीलाई अनावश्यक रूपमा दवावमा पार्ने प्रावधान तत्काल हटाउन सरकारसँग आग्रह गरेका थिए ।
उनका अनुसार २०५८ सालमै उक्त उपदफा व्यवस्थापन समिति, विज्ञ, कानुन व्यवसायी तथा सरकारी संयन्त्रले समेत त्रुटिपूर्ण ठहर गरेपछि कार्यान्वयनमा नराखिएको प्रष्ट इतिहास छ ।
त्यसैले सोही गलत प्रावधानलाई २०८१ पछि पुनः जीवित बनाउन खोजिनु औषधि व्यवसायको सुधार होइन, अर्को प्रकारको राजनीति र स्वार्थगत खेल भएको आरोप लगाइएको छ ।
कार्यक्रमले सङ्घर्ष समिति गठन गर्दै चरणबद्ध आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ ।
संघका महासचिव नविनराज गोतमले औषधि ऐन २०३५ को संशोधित दफा ११ मा भएको केही उपदफामा ब्यवसासयक मैत्री नभएको असंबैधानिक अव्यवहारिक विरुद्धको आन्दोलनमा रहेको बताए ।
News Desk 0 response मङ्लबार, मंसिर ९, २०८२
राष्ट्रिय संयुक्त औषधि व्यवसाय संरक्षण समितिको बैठकले औषधि ऐन २०३५ को संशोधित दफा ११ का अव्यवहारिक उपदफा खारेज गर्न सरकारलाई ९ दिनको अल्टिमेटम दिएपछि चरणबद्ध आन्दोलन गर्ने मिति तय गरेको छ । समितिले औषधि व्यवस्था विभागमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
सोही दिनदेखि माग सम्बोधन नभए मंसिर ११र १२ गते एक घण्टा मौन धर्ना, १३ एक घण्टा गते कार्यस्थलमा कालो झन्डा तथा कालो पट्टी सहित सेवा प्रदान गर्ने र १४,१६ गते विभिन्न समयमा मौन धर्ना सहित ३ घण्टा सेवा बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ । उक्त मिति सम्म माग सम्बोधन नभए १७ देखि थप कडा संघर्षका कार्यक्रमहरु घोषणा गरिने समितिले जनाएको छ ।
कार्यक्रममा संघका अध्यक्ष दिपेन्द्र कुमार शाहको अध्यक्षता तथा नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनबहादुर काफ्ले प्रमुख अतिथ्यमा भएको कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ सुनसरीका संस्थापक अध्यक्ष रविन्द्र घिमिरे, कोशी प्रदेश सचिव झरना न्यौपाने, पूर्व केन्द्रीय सदस्य चन्द्र दत्त पौडेल सहित प्रदेशभरका विभिन्न औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





