• इटहरी । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको आयोजनामा उपशाखा अन्तर्गत आवद्ध विद्यालयहरूको जुनियर तथा युवा रेडक्रस सर्कल बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।
    कार्यक्रममा इटहरीका १४ विद्यालयका ५० जना बढी विद्यार्थीहरुको सहभागितामा रहेको थियो ।
    कार्यक्रम नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सभापति दिनेश कुमार भट्टराईको अध्यक्षतामा तथा विश्व आदर्श एकेडेमीका अध्यक्ष एवं शिक्षाविद् लेखनाथ घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा
    सभापति भट्टराईले रेडक्रसका मानवीय मूल्यहरूलाई विद्यालयस्तरमै प्रभावकारी रूपमा लागू गर्न यस्तो कार्यक्रम अपरिहार्य भएको बताउँदै विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व, सहयोग र नेतृत्व क्षमतामा सक्षम बनाउन रेडक्रस सर्कलका लागी महत्वपूर्ण सिकाई हुने बताए ।

    प्रमुख अतिथि लेखनाथ घिमिरेले नयाँ पुस्तालाई मानव सेवा र अनुशासनको मार्गदर्शन गर्न रेडक्रसले महत्वपूर्ण योगदान पु¥याइरहेको बताए । उनले विद्यालय र रेडक्रसबीचको सहकार्य अझ मजबुत हुँदै गएको र युवाहरूले सिकेका सीपले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
    कार्यक्रममा इटहरी उपमहानगर–३ का वडा अध्यक्ष तथा रेडक्रस प्रशिक्षक उमेश सुबेदी र प्रशिक्षक रामबहादुर पाठकले सहजीकरण गरेका थिए । उनीहरूले रेडक्रसका मौलिक सिद्धान्त, प्राथमिक उपचारका आधारभूत विधि,जोखिम अवस्थामा उद्धार , नेतृत्व विकास, र स्वेच्छिक सेवाको महत्वबारे सहजिकरण गराएका थिए ।

    कार्यक्रमको संयोजन उपशाखा सचिव संजिव ढुंगानाले गरेका थिए। कार्यक्रममा वर्तमान अध्यक्ष बिमल पौडेल, नेपाल रेडक्रस सोसाइटी धरानका उपमन्त्री कृष्णप्रसाद भट्टराई, उपसभापति सिमा निरौला, खनार उपशाखा सभापति सूर्यनारायण चौधरी लगायत पदाधिकारी तथा प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।
    कार्यक्रमले विद्यालयस्तरका रेडक्रस सर्कलबीच आपसी परिचय, अनुभव आदान–प्रदान तथा सहकार्य सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन् । सहभागी विद्यार्थीहरूले रेडक्रस गतिविधिमा सक्रिय रूपमा लाग्ने, विद्यालय र समुदायमा मानवीय मूल्य फैलाउने तथा सामाजिक सेवामा निरन्तर सहभागी हुन सहयोग पग्ने बताएका छन् ।

4565