• सुन्दरहरैंचा । पहिलो पाईला मन्टेश्वरी स्कुल, सुन्दरहरैंचा–५ मा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरिएको छ। पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल र रामलाल गोल्छा आँखा अस्पताल वराटनगरको प्राविधिक सहयोगमा आयोजित यस शिविरमा विभिन्न बिषयगत विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
    पहिलो पाईला मन्टेश्वरी स्कुल र लायन्स क्लब अफ बासवारीको संयुक्त आयोजनामा भएको शिविरमा फिजिसियन सेवा, स्त्री तथा प्रसूति सेवा, हाडजोर्नी तथा नसा रोग परामर्श, वालरोग सेवा, सुगर परीक्षण तथा निःशुल्क ईसीजी सेवा प्रदान गरिएको विद्यालयले जनाएको छ। साथै रामलाल गोल्छा आँखा अस्पतालका विशेषज्ञ चिकित्सकहरुले आँखा परीक्षण तथा आवश्यक परामर्श सहित निःशुल्क औषधी वितरण गरिएको थियो ।

    मोतिया विन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया गरिने छ ।
    स्वास्थ्य जाँचका लागि स्थानीयवासी, विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा आएका सहभागिहरुले एकै स्थानमा विषेशज्ञहरु द्धारा स्वास्थ्य परामर्श पाएको स्थानियहरुले खुशी व्यक्त गरेका छन् ।
    कार्यक्रमका अवसरमा पहिलो पाईला मन्टेश्वरी स्कुलका संचालक खिलप्रसाद सिवाकोटीले विद्यालयले शैक्षिक गतिविधिसँगै समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए ।

    उनले विद्यार्थी, अभिभावक र स्थानीयबासीलाई लक्षित गरी गरिएको यस निःशुल्क स्वास्थ्य परिक्षण शिविरले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परीक्षण तथा परामर्श पाउन निकै सहयोग पुगेको बताए ।
    लायन्स क्लब अफ बासवारीकी अध्यक्ष पुष्पा ढुंगेल सिग्देलले आगामी दिनमा यस्ता सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने बताइन ।
    विद्यालय परिसरमै आयोजना भएको यो शिविरले स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पु¥याएको आयोजक संस्थाहरूले उल्लेख गरेका छन् ।

4565