-
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् फेरि विस्तार गरिएको छ । आइतबार दिउँसो शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरूलाई शपथ गराउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पूर्वसचिव डा. सुधा शर्माले पाउनुभएको छ भने युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सामाजिक अभियन्ता बब्लु गुप्ताले सम्हाल्नुभएको छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधि तथा सुरक्षा निकायका उच्च अधिकारीहरू उपस्थित थिए ।

यसअघि प्रधानमन्त्री कार्कीले भदौ ३० गते पहिलो चरणमा अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङ, र गृह तथा कानुन मन्त्रीको रूपमा ओमप्रकाश अर्याललाई नियुक्त गर्नुभएको थियो । त्यसपछि असोज ६ गते दोस्रो चरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा महावीर पुन, उद्योग, वाणिज्य, आपूर्ति तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई जिम्मेवारी दिइएको थियो ।
नव नियुक्त मन्त्रीहरूका साथमा प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् अब १० सदस्यीय बनेको छ । नयाँ मन्त्रीहरूले आफ्नो कार्यकाल जनमुखी, पारदर्शी र सुधारमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारका अनुसार छिट्टै बाँकी मन्त्रालयहरूमा पनि योग्य व्यक्तिहरूलाई समावेश गरी मन्त्रिपरिषद् पूर्ण गठन गरिने तयारी भइरहेको छ ।
News Desk 0 response आइतवार, कार्तिक ९, २०८२
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





