-
बेलबारी । तिहार पर्वको अवसर पारेर बेलबारी नगरपालिका–४ स्थित स्मृति समाजले नृत्य प्रतियोगिता, जेष्ठ नागरिक सम्मान तथा देउसी भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
News Desk 0 response आइतवार, कार्तिक ९, २०८२
समाजमा आवश्यक सामग्रीहरू खरिदका लागि लक्ष्मी पूजाको भोलि पल्ट देखि बेलबारीका विभिन्न टोल–टोलमा देउसी खेल्ने परम्परागत कार्यक्रम सञ्चालन गरिएको थियो ।
सो कार्यक्रमको समापन शुक्रबार बेलबारी–४ स्थित स्मृति चोकमा विविध सांस्कृतिक कार्यक्रम गरि समापन मार्फत गरिएको हो ।
कार्यक्रमको क्रममा समाजका सदस्य तथा स्थानीय युवाहरूले मौलिक देउसी गीत गाएर घर–घरमा पुगेर देउसी खेलेका थिए ।
संकलित रकम समाजको कोषमा जम्मा गरी स्थानीय समुदायलाई आवश्यक पर्ने सामाग्री—जस्तै विवाह, वर्तबन्ध, संस्कार जन्य कार्य तथा सामूहिक कार्यक्रममा प्रयोग हुने टेन्ट, भाँडाकुँडा लगायतका सामग्री खरिद गरिने समाजका अध्यक्ष पञ्चधन राईले जानकारी दिए ।
उनका अनुसार, समाजमा यी सामग्रीहरू उपलब्ध भएपछि स्थानीयवासी लाई बाहिरबाट महँगो मूल्यमा भाडामा लिनुपर्ने बाध्यता हट्नेछ र सामुदायिक सहकार्य अझ सशक्त बन्ने बताए ।
समापन समारोहको विशेष आकर्षण बालबालिका बीचको नृत्य प्रतियोगिता थियो । प्रतियोगितामा नौ जना स–साना बालबालिकाहरूले विभिन्न गीतमा आकर्षक प्रस्तुति दिएका थिए ।
बलबालिकाहरुमा लुकेको प्रतिभा पहिचान गर्दै उनीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको समाजका सदस्य दिपक राईले बताए ।
प्रतियोगिताका निर्णायकहरु एशिन राई, राजकुमार राई, र सुधा राईले गरेको निर्णयक मण्डलले अन्सु गुरुङ प्रथम, सुमिका बिक द्वितीय, रक्षा धमला तृतीय र गिल्सन राई सान्त्वना विजेताको घोषणा गरेका थिए ।
विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । यस अवसरमा स्मृति समाजले स्थानीय जेष्ठ नागरिक र समाजसेवीहरूलाई सम्मान गरेको थियो । समाजका तर्फबाट प्रत्येक वर्षजस्तै यस वर्ष पनि स्थानीय क्षेत्रमा योगदान पु¥याएका अग्रज नागरिकहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा समाजका अध्यक्ष पञ्चधन राईको अध्यक्षता, समाजसेवी नन्दकुमारी लिम्बू, धनबहादुर तामाङ, सन्तोष तामाङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा मौलिक देउसी गीत, भैलो नाच र शुभकामना आदानप्रदान गर्दै सबै सहभागीहरूलाई आशीर्वाद दिँदै कार्यक्रम समापन गरिएको थियो ।
स्थानीय समाज र युवाहरूको सक्रियतामा सम्पन्न यस कार्यक्रमले समुदायमा एकता, सद्भाव र सांस्कृतिक संरक्षणमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् ।
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३